२०८२ चैत्र २ गते सोमवार

प्युठान जिप दुर्घटना अपडेटः मृत्यु हुने ८ जनाकै सनाखत


तुलसीपुर,जेठ ३० । प्युठानको स्वर्गद्वारीबाट फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु भएका ८ जनाकै सनाखत भएको छ।

दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक लमही–५ निवासी ४९ वर्षीय तारा कुमाल, गाडीमा सवार दाङ गढवा–५ बाँकी घर भई हाल नारायणपुरस्थित फर्निचर उद्योगमा काम गर्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३२ वर्षकी राधा शाह, उनका ९ वर्षीय छोरा आदित्य शाह छन्।

यस्तै, तुलसीपुर कोठरी घर भई नारायणपुरमा डेरा गरेर बस्ने ३४ वर्षीय सरिता शर्मा पोख्रेल, उनका दुई छोरा १४ वर्षीय छोरा विशाल शर्मा, ९ वर्षीय विकास शर्मा र घोराही उपमहानगरपालिका वडा नम्बर १५ तुलसीपुर चोकका ११ वर्षीय बालक शिशिर खनालको दुर्घटनामा मृत्यु भएको हो।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार प्युठानको भिंग्रीनजिकै लु १ च ६३४५ नम्वरको जिब आज दिउँसो भीरबाट खसेको थियो। दुर्घटनामा जिपमा सवार ८ जनाकै मृत्यु भएको हो।

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *