तुलसीपुर, जेठ २५ । तुलसीपुर उपमहानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरु ५ दिन सम्म बन्द हुने भएका छन ।
अत्याधिक गर्मीका कारण बालबालिकाहरु बिरामी हुन पर्न थालेको र यसले अध्यापन कार्यपनि प्रभावकारी नभएकाले (भोली) जेठ २६ देखि जेठ ३० गतेसम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको तुलसीपुर उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख चक्र भण्डारीले जानकारी दिए ।
हाल तुलसीपुर उपमहानगरपालिका भित्र ८३ वटा सामुदायिक र ६५ वटा संस्थागत गरि १ सय ४८ वटा विद्यालयहरु छन ।
प्रकाशित मिति : २०८० जेष्ठ २५ गते बिहिवार