२०८२ चैत्र २ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा ५ जना पक्राउ


तुलसीपुर,जेठ २४ । देउखुरीमा दुई बहिनीलाई जवरजस्ती करण गरेको अभियोगमा दुई नाबालकसहित पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गढवा निवासी २ नाबालकसहित पाँच जना रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा गढवा गाउँपालिका–६ निवासी १६ वर्षीय २ बालक, सोही वडा निवासी १८ वर्षीय दिलशान अहमद, गढवा गाउँपालिका–५ निवासी २० वर्षीय सुहेल खान,कपिलवस्तु जिल्ला शिवराज नगरपालिका–११ मैतहवा घरभई हाल गढवा गाउँपालिका–६ बस्ने २० वर्षीय जाबेद भन्ने जाविद खान रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

जिल्ला अदालत दाङबाट म्यादथप गरि थप अनुसन्धान भैरहेको बताए । उनीहरुले राप्ती गाउँपालिका घर भएका करिव १२ वर्ष र करिव १४ वर्षका बालिकालाई करणीको प्रयास गरेको प्रहरीमा उजुरी परेको थियो ।

घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *