२०८२ चैत्र २ गते सोमवार

अत्याधिक गर्मीका कारण गर्मी बिदा लम्बिइयो

बाँके,जेठ २३ । अत्याधिक गर्मीका कारण नेपालगञ्जका विद्यालयमा गर्मी बिदा लम्ब्याइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले जेठ २१ देखि २३ गतेसम्म गर्मी बिदा दिएकोमा अझै थप तीन दिन बढाइएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखाका प्रमुख उपसचिव गोर्खबहादुर थापाले २६ गते शुक्रबारसम्म बिदा बढाइएको जानकारी दिए।

महाशाखाले बर्खे बिदामा कट्टा हुने गरी गर्मी बिदा दिन र २८ गते आइतबारदेखि बिहानी सत्रमा विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

नेपालगञ्जसँगै कोहलपुर नगरपालिका, खजुरा गाउँपालिकाले पनि गर्मी बिदा दिएका छन्। अत्याधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले गर्मी बिदा दिइएको पालिकाहरुले जनाएका छन्।

नेपालगञ्जमा यतिबेला ४० डिग्रीमाथि तापक्रम रहेको छ। यो गर्मीमा कतिपय स्कूलमा टिनका छाना छन्।

यस क्षेत्रमा पानी पर्न सकेको छैन। पानी नपर्दा तापक्रम बढिरहेको छ। अत्याधिक गर्मीले नेपालगञ्ज बजार नै दिउँसोमा सुनसान देखिएको छ।

स्वास्थयकर्मीले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन सुझाव दिएका छन्। कतिपय पालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्किन माइकिङ नै गरेका छन्। नेपालगञ्जलगायत आसपासमा दिउँसोमा तातो हावा ९लु० चल्ने गरेको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *