२०८२ चैत्र १ गते आइतवार

जीप दुर्घटना हुँदा १२ जना घाईते

तुलसीपुर, जेठ २२ । बबई–७ लालमटियाबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ६४७ नम्बरको यात्रुवाहक जिप शान्तिनगर–७ खैरेनीमा दिउँसो १ बजे दुर्घटना भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । घाइतेमध्ये बबई–७ कि ३३ वर्षीया रक्षिता शाहको टाउकोमा चोट लागेको छ भने तुलसीपुर५ बस्ने वर्ष २९ कि सुशीला थापा मगरको हातमा चोट लागेको छ ।

अन्य सबै सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा दुर्घटना भएको घाइतेहरूले बताए ।

सवारी चालकलाई इप्रका खिलतपुरले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *