२०८३ असार २९ गते सोमवार

एमाले सहित तीन प्रतिपक्षी दलको विरोधपछि संसद बैठक स्थगित

काठमाडौँ,जेठ २१ । नेकपा एमाले सहितका तीन प्रतिपक्षी दलहरूले आइतबारको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन्।

आज बिहान ११ बजेपछि संसदको बैठक सुरू भएलगत्तै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू उठेका थिए।

प्रतिपक्षीले विरोध गरेसँगै केही समयका लागि बैठक स्थगन भएको छ। सभामुख देवराज घिमिरेले समय दिएपछि एमाले प्रमुख सचेतक पदम गिरीले निष्क्रिय भइसकेको विधेयकलाई असंवैधानिक ढंगले प्रमाणीकरण गरको भन्दै आपत्ति जनाए।

यो विधेयकलाई फेरि निष्क्रीय राखेर संसदमा नयाँ विधेयक ल्याउनुपर्ने उनको माग छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा उनले वंगलादेशको फूलवारी बन्दरगाह प्राप्त गर्न कालापानी दिन तयार छौ‍ँ भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै उनले आपत्ति जनाए।

यसमा प्रधानमन्त्रीले संसदमा आएर माफी माग्नुपर्ने, नभए संसद चल्न नसक्ने उनले बताए।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले पनि नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको बताए।

यस्तै, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पनि विरोध गरे। राष्ट्रपति संस्थालाई सत्ता स्वार्थका लागि दुरुपयोग गरिएको भन्दै उनले विरोध जनाए।

एमालेले राष्ट्रियसभा बैठक पनि अवरुद्ध पारेको थियो। बैठक २९ मिनेटपछि बस्ने गरी स्थगित भएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *