तुलसीपुर, जेठ १८। मानव अधिकार तथा शान्ति समाज जिल्ला कार्यसमिति दाङले सरसफाइ गरेको छ ।
मानव अधिकार तथा शान्ति समाजको सप्ताह ब्यापी कार्यक्रम अन्तर्गत आज दोश्रो दिन तुलसीपुरको रानीघाट खोलामा रहेको शवदाह स्थल समाजका आजिबन सदस्य एवं ग्रीन तुलसीपुर क्लिन तुलसीपुरका संस्थापक अभियान्ता बिमल रिजालको अगुवाईमा सरसफाई गरिएको हो ।
सो अवसरमा अभियान्ता रिजालले बेला–बेलामा शान्ति समाजले गर्ने सामाजिक कार्य, खबरदारिको प्रसंसा समेत गरेका थिए ।
समाजका केन्द्रिय सचिब निर्मल नेपालीले स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेशका अध्यक्ष खुमानन्द अधिकारी,शान्ति समाजका केन्द्रिय सदस्य तुल्सीराम सुनार, जिल्ला कार्यसमिति दाङका सहसचिव माधव बस्नेत, कोषाध्यक्ष यज्ञ बि।क, सदस्य सन्दिपन रिजाल लगायतको उपस्थिति रहेको थियो ।
समाजका कार्यबाहक सभापति कोमल डिसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला कार्य समिति दाङका सचिब अमृत प्रसाद शर्माले गरेका थिए ।
मानव अधिकार तथा शान्ति समाजले प्रत्येक बर्ष जेठ १९ गते आफ्नो स्थापना दिवस मनाउदै आइरहेको छ ।
