दाङ, जेठ १४ । मोटरसाइकल दुर्घटनामा परि रोल्पामा १६ बर्षीय किशोरको मृत्यु भएको छ । प्यूठानको स्वर्गद्धारी नगरपालिका वडा नं। ८ धनौलीका १६ बर्षीय सागर सापकोटाको मृत्यु भएको छ ।
रोल्पा जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जिल्लाको सुनिल स्मृति गाउँपालिका – २ चर्तुभुज मोडमा सापकोटा लु ८७ प २०६८ नम्बरको मोटरसाइकल दुर्घटनामा परि घाइते भएका थिए ।
शनिबार बेलुका ६ बजेतिर सापकोटाले रोकीराखेको मोटरसाइकल स्टार्ट गरि घुमाउने क्रममा सडकदेखि झन्डै ३५ मिटर तल खसेका थिए ।
इलाका प्रहरी कार्लालय खुँग्रीबाट गएको प्रहरी टोलीले उद्धार गरि सापकोटालाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा पठाएको थियो । अस्पताल पु¥याए पछि सवा ७ बजेतिर उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त मोडमा धेरै युवायुबती टिकटक बनाउन जाने हुँदा किशोर सापकोटाले त्यसैका लागि मोटरसाइकल रोकेर मोड्न खोज्दा अनियन्त्रित भइ खसेको हुन सक्ने आशंका गरिएको घटनास्थल पुगेका एक प्रहरी अधिकारीले बताए ।
मृतक सापकोटाको साथमा सवारी चालक अनुमति पत्र थियो कि थिएन भन्ने बारे अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।
