तु
लसीपुर,जेठ ११ । तुलसीपुरमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
जिपको ठक्करबाट गम्भिर घाइते सीताको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रमुख मल्लले बताए ।
बिहिबार बिहान करिब १० बजे पश्चिम हापुरेबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ज ९२३ नम्बरको जीपले विपरित दिशातर्फ गइरहेको रा ७ प ४२३७ नम्बरको स्कुटरलाई दंगिशरण गाउँपालिका-५ कमलगढीमा ठक्कर दिएको हो ।
मृतक सीता गुरु जजुर माबि रक्षाचौरका शिक्षक झकु प्रसाद खत्रीकी श्रीमती हुन । सीताले मावि तुलसीपुर धनौरी शान्तिनगरमा पढाउदै आएकी थिइन् ।
उनलाई बिहिबार बिहान विद्यालयमा पढाउने जाने क्रममा जिपले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
