२०८३ बैशाख १६ गते बुधवार

मन्त्रिपरिषद्ले पायो पूर्णता

काठमाडौं,जेठ ९ । नयाँ सरकार गठन भएको लामो समयपछि मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्री नियुक्त गर्न सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयका अनुसार वन तथा वातावरण मन्त्रीमा वीरेन्द्र प्रसाद महतो नियुक्त भएका छन् ।

यस्तै शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा प्रमिला कुमारी नियुक्त भएकी छन् ।

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ बमोजिम मन्त्री नियुक्त गरेर कार्यभार तोकेका हुन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *