२०८१ बैशाख ७ गते शुक्रवार

तुलसी हस्पिटलमा ४ बर्षीय बालकको नाकवाट जुका निकालियो


दाङ, चैत २५ । दाङको तुलसीपुरमा चार बर्षीय एक बालकको नाकवाट पानीमा पाइने जुका निकालिएको छ । सल्यान जिल्ला निवासी बालक रुपेश केसीको नाकवाट लगातार तीन हप्तादेखि दायाँ प्वाँलवाट रगत बगिरहेपछि अभिभावकले सोमवार बच्चालाई तुलसी बाल हस्पिटलमा ल्याएका थिए । बालरोग बिशेषज्ञ डा. किशोर खत्रीको टिमले चेकजाँच र अनुसन्धान पछि बच्चाको नाकमा पानीमा पाइने १५ सेन्टिमिटर लामो जुका निकालिएको हो ।

‘सुरुमा हामीले रक्तस्रवाले गर्दा नियमित रगत बगेको हो कि भन्ने ठानेका थियौं,तर चेकजाँच गर्दा नाकमा जुका देखेपछि एक घन्टाको प्रयास पछि हामीले त्यसलाई निकाल्न सफल भयौं,’ डा. किशोरले भने । जुका निकाल्न बच्चालाई एकआध घन्टा बेहोस बनाउनु परेको डा. खत्रीले जानकारी दिए ।

बच्चाले असुरक्षित रुपमा पानी पिउँदा उक्त जुका नाकमा प्रवेश गरेको डा. खत्रीले बताए । ‘असुरक्षित रुपमा खोला नाला वा जरुवा वाट पानी पिउनुको परिनाम बच्चाको नाकमा जुका पुगेको हो,’ डा. खत्रीले भने ‘यस्तो समस्या वाट जोगिन पानीको मुहानामा घोप्टो परेर मुखले पानी पिउन हुँदैन।’ सोमवार नै बच्चा उपचार पछि घर फर्किएका छन् । ‘यस्तो जुका पानी बाट सर्ने गर्छ,’ डा. खत्रीले भने ‘ सोझै पानीको मुहानमा घोप्टो परेर पानी मुखले खाँदा नाक मुखमा जुका पस्न सक्छ।’

गतसाल पनि रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ६ निवासी ५ बर्षीय बालक किरण डाँगीको नाक वाट यस्तै जुका निकालिएको थियो । डाँगीको नाकवाट लगातार तीन महिनादेखि रक्तस्राव हुँदै आएपछि अभिभावकले बच्चालाई उपचारका लागि तुलसी बाल हस्पिटलमा ल्याएका थिए । ‘बच्चा कमजोर भइसकेको थियो । हामीले उस्लाई पनि एक घन्टा बेहोस बनाएर जुका निकालेका थियौं ।’ डा. किशोरले भने ।

जुका नाक भित्रभित्रै लुकेर बस्ने र बच्चाको रगत खाने हुँदा खतरा हुने डा. खत्रीले बताए । जुकाले लामो समयदेखि रगत खाँदै गएमा बच्चामा हेमोग्रोविनको मात्रा कम हुने,जुकाले बच्चा जम्माएमा थप खतरा हुने तथा जुका मस्तिष्क सम्म पुग्ने खतरा रहने डा. खत्रीले बताए । दुर्गम गाउँ ठाउँमा यस्ता कुराको समयमै ख्याल नगर्दा जुकाकै कारण बच्चाको ज्यान समेत जान सक्ने खतरा डा. किशोरले औंल्याए ।

प्रकाशित मिति : २०७५ चैत्र २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस
  1. Hari Pandey says:

    We really need such a generous and well experienced doctors all around the country, well done Doctor…, wishing you and your team all the very best and keep it up ?

  2. Sima kunear says:

    You are great doctor sir

Leave a Reply to Sima kunear Cancel reply

Your email address will not be published. Required fields are marked *