२०८३ बैशाख १६ गते बुधवार

नेकपा एकीकृत समाजबादी दाङमा पहिरो,भागवत,हिरा,शारदासहित सयौं कार्यकर्ता एमाले फर्किए

एमाले अब पहिलो शक्तिको रुपमा उदय हुन्छ –महासचिव पाखरेल


तुलसीपुर, जेठ ६ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले कानुन बदलेर नेकपा एमाले फुटाउने सड्यन्त्र गरि पार्टी विभाजन गरेको बताएका छन् ।

नेत्रलाल पौडेल अभागीको ४० औं स्मृति दिवसको अवसरमा नेकपा एमाले दाङले तुलसीपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव पोखरेलले आफुहरु विरुद्ध मोर्चा बन्दी गर्नेहरु नै आज अप्ठेरोमा परेको बताएका थिए ।

‘पहिले हामीलाई फुटाउन कानुन परिमार्जन समेत गरियो र अहिले त्यो कानुन जिवित रहेको भए हामीहरु फेरि पहिलो दलको रुपमा स्थापित हुने थियौ,’ महासचिव पोख्रेलले भने ‘नेकपा एकिकृत समाजवादीबाट निर्वाचन जितेका सवै संसादहरु एमालेमै फर्कन चाहेको भएपनि कानुनका कारण रोकिएका छन् ।’

उनले अब नेकपा एकिकृत समाजवादी भन्ने पार्टी रहनै नसक्ने जिकिर गरे । ‘ कानुन परिवर्तन नगरिएको भए एक दुई जना सांसद बाहेक अन्य सांसदहरु त्यहाँ रहने थिएनन,’ उनले भनेका थिए ।

महासचिव पोखरेलले अव एमाले बलियो शक्तिको रुपमा उदय हुने समेत दाबी गरेका थिए ।

महासचिव पोखरेलले आफुहरुले नेपाली काँग्रेस र नेकपा एमाले एक्ला एक्लै चुनाव लडनुपर्छ भनेर प्रस्ताव गर्दा काँग्रेसले आँट नगरेको आरोप लगाए ।

‘काँग्रेस आफ्नै खुट्टामा उभिन नसक्दा अहिले साना दलहरुले च्वाखे थापेर देशलाई अस्थिर तिर लग्ने प्रयास भएको छ,’ उनले भनेका थिए ‘ सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादीपनि निरन्तर ओरालो लागि रहेको छ ।’

पहिलो चुनावमा ३० प्रतिसत मत ल्याएको मोआवादी अहिले १० प्रतिसतमा झरेको भन्दै अबको चुनावमा त्यो पनि नआउने उनको दाबी थियो ।

उनले माओवादी दाङका ब्यक्तिहरु अव छिटै एमालेमा प्रवेश गर्ने दाबी गरे ।

महासचिव पोखरेलले केपी वली नेतृत्वमा सरकारले विकास र समृद्धिमा आसा जनाउने काम गरेपछि त्यसबाट आतिएकाहरुले विभिन्न वहानामा पार्टी विभाजन गरेको बताएका थिए ।

आफुहरुले संसद विघटन गरि नयाँ जनआदेशमा जाम भन्दा प्रतिगमन भएको भन्नेहरुले काँग्रेसले संसद विघटन गर्दा त्यहि काम लोकतान्त्रिक कसरी हुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

पोखरेलले नेत्रलाल अभागीको त्याग, तपस्या र आदर्शलाई भुल्न नहुने भन्दै उनको कामहरुलाई अनुसरण गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा पोलिटवियूरो सदस्य सुजिता शाक्यले नेपाललाई समृद्ध बनाउन सवै एक भएर लाग्नु बताएकी थिइन ।

अर्का पोलिटवियूरो सदस्य एव दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीले जनताले एमालेका विचारलाई नभुलेको भन्दै जिल्लामा एमाले बलियो भएर अर्कौ सन्देश दिएको बताएका थिए ।

कार्यक्रममा नेकपा एमालेमा प्रवेश गरेका भागवत विश्वासीले अब समाजबादी पार्टी नेकपा माओवादीसंग एकाता गर्ने तत्पर भएकाले आफुहरु आफ्नै घरमा फर्किएको बताएका थिए ।

उनले एमालेलाई सधैभरि शत्ता भन्दा वाहिर राख्ने खेलका कारण समाजवादी पार्टी खोलेको र काँग्रेसको पछि लागेर कम्युष्टि आन्दोलन कम्जोर पार्ने षडेन्त्र भइरहेको बताएका थिए ।

त्यस्तै पोलिट व्युरो सदस्य शान्ता चौधरीले देशको समृद्धि र विकास गर्ने पाटी एमाले भएको भन्दै स्वतन्त्र पार्टीको पछि नलाग्न आग्रह गरेकी थिइन ।
नयाँ जन्मेका पार्टीको शिद्धान्त विचार नभकाले उनको भविष्य समेत नरहेको उनले दाबी गरेकी थिइन ।

एमालेमा प्रवेश गरेका हिराचन्द्र केसीले पार्टी विभाजनको पुष्टी डेढ बर्षसम्म पनि नभएको भन्दै आफ्नै पुरानो पार्टीमा समाहित हुन बाध्य भएको बताएका थिए ।

नेकपा एमालेका दाङ जिल्ला अध्यक्ष हुकुम बस्नेतको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष राममणि पाण्डेले गरेका थिए ।

उक्त कार्यक्रमको सहजिकरण एमाले दाङका सचिव मनोहर बुढाथोकीले गरेका थिए ।
धन्यवाद ज्ञापन जिल्ला सदस्य विष्णु पौडेलले गर्नुभएको थियो ।

४ सय नेता कार्यकर्ता एमाले प्रवेश

कार्यक्रमका क्रममा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय सचिव भागवत विश्वासीसहित दाङबाट प्रतिनिधित्व गर्ने दुई केन्द्रीय सदस्य र कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन ।

समाजबादीका यसअघिका केन्द्रीय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी, केन्द्रीय सदस्य शारदा स्वर्णकार, दाङ जिल्ला अध्यक्ष सुरामणी बेल्वासे, उपाध्यक्ष चूर्णबहादुर वली, जिल्ला सचिव डिल्लीबहादुर डाँगी, लुम्बिनी प्रदेश कमिटी सदस्य अमित शर्मासहित चार सय बढी नेता कार्यकर्ता एमाले पार्टी प्रबेश गरेको दाबी गरिएको छ ।

जिल्ला पदाधिकारी र जिल्लाबाट नेतृत्व गर्ने तीन केन्द्रीय सदस्यहरु एमालेमै फर्किएर पछि दाङमा माधवकुमार नेपाल नेतृत्वको समाजबादी पार्टीमा पहिरो गएको दाबीहरु गर्न थालिएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *