अर्घाखाँची,जेठ ५ । अर्घाखाँचीको सन्धिखर्कमा बिजुलीको पोलबाट खसेर एक जनाको मृत्यु भएको छ । पोलबाट खसेर अर्का एक घाइते भएका छन् ।
सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको पोलमा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा किमडाँडाकै ३६ वर्षीय कृष्णबहादुर राना पोलबाट खसेर गम्भीर घाइते भएका थिए।
उनको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
अर्का घाइते किरन रानाको जिल्ला अस्पतालमा उपचार भइरहेको अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक (डीएसपी) मुकुन्द रिजालले बताए ।
प्रकाशित मिति : २०८० जेष्ठ ५ गते शुक्रवार
