दाङ, जेठ ४ । सर्पले डसेका बिरामीलाई पार्थना लगाउने महिला पक्राउ परेकी छन् ।
बर्दियाको बासगढी नगरपालिका – २ बेतहनीकी ६० बर्षीया यमुना भनिने योगेन्द्रकुमारी घर्ती पक्राउ परेकी छन् । घर्ती सच्चाइ धर्मको धर्म गुरु रहेको प्रहरीले जानकारी दिएको छ ।
जेठ ३ गते राति १ बजेतिर सुतिरहेको समयमा बासगढी – ३ महदेवाकी १६ बर्षीया ओमकुमारी डाँगीलाई करेट सर्पले हातमा डसेको थियो । किशोरीका घर परिवारले धर्म गुरु घर्तीलाई सर्पले डसेको बारे अबगत गराएपछि उनले ओमकुमारीलाई पार्थना गर्न लागएकी थिइन ।
समयमै अस्पताल पु¥याउन भूमिका खेल्नुको साटो उल्टै धर्म गुरु घर्तीले सर्पले डसेको कुरालाई सामान्ने भन्दै पार्थनागर्न लगाएको तथ्य खुलेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी बोहोराले जानकारी दिए ।
धर्म गुरु घर्तीले अस्पताल लैजानु नपर्ने भन्दै पार्थाना गरे ठिक हुने दाबीसहित त्यसै गर्न लगाकी थिइन ।
सर्पले डसेकी घाइतेलाई पार्थना गर्न लगाएको कुरा आसपासका अन्य छिमेकीहरुले थाहाँ पाएपछि उनीहरुले तत्कालै अस्पताल लैजान सल्लाह दिएका थिए । त्यसपछि मात्रै परिवार जनले डाँगीलाई भेरी अस्पताल नेपालगंज बाँकेमा पु¥याएका थिए ।
बिहान पौने ९ बजेतिर अस्पताल पु¥याउना साथ डाँगीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । डाँगीको मृत्यु पछि धर्म गृुरु घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला अदालबाट म्याद थप भइ धर्म गुरु माथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।