शिवराज खनाल,लमही,जेठ ४ । योग शिक्षाप्रति सर्वसाधारणको आकर्षण बढेको छ । स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो ।
गढवा उद्योग बाणिज्य संघको आयोजना तथा पतञ्जली योग समिति, महिला पतञ्जली योग समिति, युवा पतञ्जली योग समिति र पतञ्जली योग समिति लमहीको प्राविधिक सहयोगमा गढवा गाउँपालिका–५ स्थीत जनता माध्यामिक विद्यालयको प्रांगहनमा योग कक्षा सञ्चालन भइरहेको छ ।
बिहान ४ बजे ३० देखि ६ बजेसम्म भैरहेको योग शिविरमा उल्लेख्य सर्वसाधारणको सहभागीता रहेको छ । २५देखि ३५ बढी सर्वसाधारणको सहभागीता रहने गरेको छ ।
योग सिक्न गढवा बजारका साथै ग्रामीण क्षेत्रबाट सर्वसाधारण आउने गरेको महिला पतञ्जली योग समिति दाङकी अध्यक्ष तथा जिल्ला प्रभारी सहाना श्रेष्ठले जानकारी दिएकी छिन ।
व्यस्त जीवनमा साधारणहरुलाई व्यायाम गरेर आफुलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारिरीक स्फूर्तिका लागि योग शिविरको आयोजना गरेको बताइन ।
दिनभर घर व्यवहार र व्यवसायको कामले व्यस्त हुने व्यापारी, कार्यालयमा व्यस्त हुने कर्मचारी र गृहिणीसँगै बालबालिकाहरुको योगप्रति आकर्षित भएको श्रेष्ठ बताइन ।
साथै सहर केन्द्रीय रहेको योगलाई गाउँगाउँमा पु¥याउने उद्देश्य अनुसार पछिल्लो समय देउखुरीसँगै जिल्लाका विभिन्न स्थानमा शिविरको आयोजना भैरहेको उनले बताइन ।
‘स्वस्थ शरिर र तनाव व्यवस्थापनका लागि योग शिविरको आयोजना गरेका छौ’,महिला योग पतञ्जली समितिकी जिल्ला अध्यक्ष समेत रहेकी जिल्ला प्रभारी श्रेष्ठले भनिन्,‘पछिल्लो समय योगप्रति निकै आकर्षण बढेको छ ।’ छोटो अवधिका लागि शिविरको आयोजना गरेर सामुहिक योग सिकाउनले र यसले उहाँहरुलाई निरन्तर रुपमा लाग्न प्रेरित गर्ने गरेको उनी बताउँछिन ।
उनका अनुसार योग शिविरमा सहभागीलाई योग र ध्यानको महत्व बुझाएर आधारभूत ज्ञान र सीपका बारेमा सिकाउने गरिएको बताइन ।
‘गलत खानपान र जीवनशैलीका कारणले अधिकांस मानिसहरुको शरीर भद्धा, अस्तव्यस्त र अस्वस्थ हुने गरेको छ’,उनले भनिन्,‘यस्तो अवस्थामा शारिरीक स्वास्थ्य, उत्प्रेरणा र उचित खानपिनका माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्ने भएकाले मानिसहरुलाई सिकाउने गरेका छौ ।’
योगले मानिसको शारीरिक बनावटलगायत मानसिकरूपमा पनि सकारात्मक प्रभाव पार्ने प्रशिक्षक श्रेष्ठ बताउँछिन् ।
व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले योगलाई अपनाउने गरिन्छ । चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँने गर्दछ ।
जिल्लामा सहरी क्षेत्रमा योगप्रति आकर्षण बढेपनि ग्रामीण क्षेत्रमा बढ्न सकेको छैन । जस्ले गर्दा पछिल्लो समय सहरसँगै ग्रामीण क्षेत्रमा पनि योग प्रशिक्षण शिविरहरु आयोजन ागर्ने गरेको पताञ्जली योग समिति दाङले जनाएको छ ।
जिल्लामा घोराही, लमही, तुलसीपुर, नारायणपुरलगायतका सहरी क्षेत्रहरुमा नियमित रुपमा योग अभ्यास हुने गरेको छ ।