२०८१ जेष्ठ ५ गते शनिवार

‘सम्साँझै निदाउँछ तुलसीपुर बजार ’


तुलसीपुर, जेठ २ । नेपालका ठुला-ठुला सहरहरु राती अवेर सम्म खुल्ने गर्छन् । दाङ जिल्लाकै लमही, भालुवाङ र राजमार्ग वरपरका बजारहरु पनि राती अवेर सम्म खुल्छन् । तर जिल्लाको तुलसीपुरको ठुलो सहर भने समसाँझै निदाउने गरेको छ ।

तुलसीपुर उपमहानगरपालिकाको वडा नं. ५ र ६ मा रहेको सो बजारका पसलहरु सबेरै बन्द हुन्छ ।

पुस माघमा समसाँझै बन्द हुने बजार हिजो आज भने ७ बजे नै भन्द हुने गरेको छ । ‘कहिले /काही ८ बजे बजारमा नुन किन्न भनेर निस्कदा नुन पाउने अवस्था छैन् अरु त के-कुरा ? स्थानीय भानु केसीले भने ।

उनले होटल तथा मेडिकहरु खुल्ला भएपनि अन्य पसलहरु भने बन्द हुने गरेको बताए। यसले गर्दा दिनभर काममा विजीहुनेहरुलाई किनमेल र बजार गर्न कठिनाई भएको छ ।

कोरोना महामारी र अन्य आर्थिक बन्दीका कारण व्यापार व्यवसायी धरासाही हुँदै गएको भएपनि यसलाई चलाएमान गराउन भने कहि कसैको ध्यान छैन् ।

‘यहाँको बजार बढीमा ८ बजे नत्र सवेरै बन्द हुन्छ –पत्रकार यमकला भुसालले भनिन् ।’
उनले अन्य ठुला सहरहरु रातीको १०÷११ बजे सम्म झिलीमिली हुने गरेपनि यहाँको बजार भने सवेरै भन्द हुने गरेको उनले बताइन् ।

साझँ साढे ६ सात बजे नै सवै सटरहरु लागेको हुन्छन् भने बजार सुनसान हुन्छ ।

‘तुलसीपुरको विरेन्द्र चोकमा लागेको एलसीडिले गर्दा त्यहि नेर रसिलो हुन्छ अन्य गल्लीहरु सुन्सान हुन्छन् –रुकुमबाट तुलसीपुर आएका पलसिंह वलीले भने ।’

उनले नेपालगञ्ज , भैरवा जस्ता सहरहरु साँझ कम्तीमा पनि ९ ÷१० बजे सम्म खुल्ने गरेको आफुले देखेको बताए ।

उनले तुलसीपुर बजार झिसमिसेमै निदाउँने गरेको बताए । तर विहान भने तुलसीपुर बजार विहानै खुल्ने गरेको छ ।

गाउँका जनतामा आश्रित बजार भएकाले साँझमा बजारमा किन मेल नहुने र सवै सवेरै आ–आफ्नो गन्तव्यमा लाग्ने भएका कारण पनि बजार छिटो बन्द हुने उनले बताए ।

त्यस्तै तुलसीपुर उद्योग वाणिज्य संघले भने तुलसीपुरमा बजारमा बन्द गर्ने / खुल्ने समय सिमा नतोकेको महासचिव विनिल केसीले बताए ।

उनले रात्री कालिन बजार सञ्चालनको विषयमा विभिन्न समयमा कुरा उठने गरेपनि सो हुन नसकेको बताए । उनले कम्तीमा पनि ११ बजेसम्म बजार खुल्न सके राम्रो हुने बताए ।

‘सुरक्षा लगाएत सवै अवस्थाले गर्दा पनि रात्रीकालिन व्यवसायी सञ्चालन हुन सकेको छैन् तर कम्तीमा पनि १० ÷११ बजे सम्म बजार खोल्न सके राम्रो हुन्छ,उनले भने ।’

अहिलेको अवस्थामा भने बजारमा व्यापार व्यवसायमा मन्दी छाएको उनले बताए ।

त्यस्तै सुरक्षा चुनौति ग्रामीण क्षेत्रका सेवाग्राहीहरुमा आश्रीत बजार भएकाले पनि समसाँझै बन्द हुने गरेको व्यवसायी विमल गौतमले बताए ।

‘यो बजार धेरै जसो गाउँबाट आउने ग्राहकहरुका निर्भर गर्नेहो साँझ अफिसेली मानिस पनि आफ्नो गन्तव्यमा लाग्छन,त्यसैले पनि त्यति व्यापार हुन्न उनले भने ।’ लिकर्ष व्यवसायीहरुलाई भने यसले गर्दा निकै समस्या हुने गरेको छ ।

होटल तथा मदिरा व्यवसायीहरुलाई भने यसले ठुलो समस्या पारको व्यवसायी देवबहादुर केसी बताउछन् ।

‘मदिरा व्यसायीहरुलाई निकै समस्या छ,वरपरका पसलहरु बन्द हुन्छन् अनि मदिरा व्यसायीहरुले पनि समसाँझै बन्द गर्नु पर्ने हुन्छ उनले भने ।’

त्यसैविच इलाका प्रहरी कार्यालयले भने बजार खोल्ने बन्द गर्ने समय सिमा आफुहरुलाई जानकारी नभएको बताएको छ ।

कार्यालयका प्रमुख डिएसपी पुष्पराज मल्लले तुलसीपुर बजारमा सुरक्षाका सवै कुराहरु पुरा भएपछि आफुहरुले २४ सै घण्टा सुरक्षा दिन तयार रहेको बताए ।

‘बजारमा सिसि क्यामेरा, सडक बत्ती भयो भने जति वेलासम्म व्यापार व्यवसायी चलाउछौ भनेपनि हामीहरु सुरक्षा दिन तयार छौं –डिएसपी मल्लले भने ।’

उनले आफुहरुका पनि सुरक्षाका केहि मापदण्डहरु भएको बताए ।

‘यहाँको उद्योग वाणिज्य संघ, नगरपालिकाले पनि सवै कुराहरु पुरा गर्नु प¥यो हामीहरु सुरक्षा दिन तयार छौ –उनले भने ।’

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *