२०८३ असोज २९ गते बिहिवार

ब्यबसाय खोल्ने समय सीमाना हटाउन माग


दाङ, जेठ २ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय खोल्ने समय सिमा नलगाउन आग्रह गरेको छ ।

संघले मंगवार जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र बुझाउदै यस्तो माग गरेको हो ।

हालको आर्थिक र व्यापारीक मन्दीका कारण बजारमा आर्थिक चलखेल न्यून रहेकोले यहाँको आन्तरिक तथा वाह्य पर्यटकको आवागमन बढाई आर्थिक अवस्था चलायमान वनाउने उद्देश्यले यहाँको साँझको बजार खोल्ने र रात्रीकालीन व्यवसाय होटल , रेष्टुरा तथा अन्य व्यवसायीलाई अहिलेको समय सिमा हटाउन माग गरेको छ ।

व्यवसायीहरुले निर्वाध व्यवसाय सञ्चालन गर्नको लागी पहल गरि दिन समेत ज्ञापन पत्रमा माग गरिएको छ । समय सिमाना लगाउदा व्यावसायीहरुलाइ समस्या भएको दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह वुढाथोकीले जानकारी दिए ।

साँझको समय समयमा लगाउदा वाहिरवाट आउने नागरिकले बास बस्न तथा खानाका लागि समस्या भोग्नु परेको उनको भनाइ रहेको छ । अहिले घोराही वजारमा ९ वजे पछि वजार वन्द हुने गरेको छ ।

ज्ञापन पत्र वुझदै दाङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले व्यावसायीहरुको समस्यालाइ समाधान गर्न तर्फ आफुले पहल गर्ने बताए । सुरक्षा समितीको बैठक कसरी अगाडि वढन सकिन्छ भनेर निर्णय गरेर अगाडि वढने उनको भनाइ रहेको थियो ।

ज्ञापन पत्र वुझाउन संघका अध्यक्ष टंकसिंह वुढाथोकीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष नरेश कार्की, उपाध्यक्ष रामप्रसाद पोख्रेल, महासचिव महेन्द्र वुढाथोकी, सचिव नरेश श्रेष्ठ, सदस्यहरु भरतप्रसाद रेग्मी, माधव खनाल, विकास वली, सुरक्षीत कुखुरा दाना व्यवसायी समितीका अध्यक्ष निमबहादुर वुढाथोकी लगाएतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *