२०८१ बैशाख २३ गते आइतवार

दाङ–काठमाण्डौ एसी सहित आरामदायी एयर बस सञ्चालन

तुलसीपुर, बैशाख २९। तुलसीपुर यातायात प्रालिले एसी सहित आरामदायी एयर बस सञ्चालन गर्न लागेको छ ।

वि.सं. २०५६ सालमा स्थापित रुमान्तरीत तुलसीपुर यातायात प्रा.लिले सुविधा सम्पन्न एसी बस ल्याएको जनाएको छ ।

समितिले पहिलो पटक अहिले ३ वटा एसी बस ल्याएको र पछि अन्य बसहरु ल्याउने तयारी गरेको प्रालिका अध्यक्ष पवनराज बुढाथोकीले जानकारी दिए । ४० सिटे एसी एयर बस को दाङ–काठमाडौं भाडा १ हजार ८ सय रुपैयाँ तोकिएको उनले बताए ।

आफुहरुले ल्याएका बसहरुमा यात्रा गर्न अरु गाडीभन्दा आरामदायी हुने दाबी समितिको छ । समय अनुसार यात्रुहरुको चाहनालाई ध्यान दिएर एसी सहित एयर बस सञ्चालन गरिएको र आउँदा दिनमा सेवालाई थप्दै जाने अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

‘हामीहरुले दाङ–काठमाण्डौका लागि डिलक्स बसहरु विभिन्न सुविधा भएका चलाएका थियौ तर समयको माग अनुसार अहिले सुविधा सम्पन्न एसी बसहरु सञ्चालन यात्रुहरुको माग अनुसार समय सापेक्ष सञ्चालन गर्ने तयारीछ उनले भने।’

आइतवार बैशाख ३१ गते देखि दाङको तुलसीपुरबाट साँझ ५ः१५ वजे र काठमाण्डौ –दाङ पनि सोहि समयमा बस छुट्टने प्रशासनिक सचिव निमकुमार श्रेष्ठले जानकारी दिए ।

यस अघि २२ बटा डिलक्स सञ्चालन गरेको समितिले अव आगामी दिनमा विरगञ्जका लागि पनि बस सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

प्रालिले हाल आएर काठमाडौं, नेपालगञ्ज, प्यूठान, रोल्पा, सल्यान, पश्चिम–रुकुम, पूर्वी–रुकुम, बुटवल, सुर्खेत, कृष्णनगरलगायत दाङ जिल्लाभरका प्रायः अधिकांश गाउँपालिका, नगरपालिका, उपमहानगरपालिकाभित्र यातायात सेवा प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : २०८० बैशाख २९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *