२०८३ असोज २९ गते बिहिवार

भगाइ लगेका केटा भागेपछि केटीले प्राण त्यागिन

तुलसीपुर, बैशाख २४ । बिहेको प्रलोभनमा पारी भगाइ घरमा लगेका केटा केही दिन पछि भागेपछि केटीले आत्महत्या गरेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ कचिलाका २० बर्षीय कृष्ण चौधरीले गाउँकै १८ बर्षीया जानकी चौधरीलाई केही दिन पहिले बिवाह गर्ने वाचाका साथ भगाएर आफ्नै घर लगेका थिए । उनीहरु आपसमा प्रेम पछि भागी बिवाह गर्न राजी भएका थिए ।

घरमा लगेको तीन दिन जनि कृष्णले जानकारीलाई फर्केर जान भन्न थाले । बिहे नगर्ने कुरा गर्दै उनले फर्किन दबाब सृजना गर्न थाले । जानकी फर्केर जान मानिन् । त्यसपछि कृष्ण घरबाट निस्किए । उनी हालसम्म घर फर्किएका छैनन् ।


छोराले घर छोडेर गएपछि उनकी आमा बेनुकुमारीले पनि जानकीलाई फर्केर जान दबाब दिन थालिन । त्यो सहन गर्न नसकेर जानकीले २१ गते बेलुका केटाकै घरमा बिषादी सेवन गरेको अवस्थामा फेला परिन ।

तत्काल उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल उपचारका लागि ल्याइयो । तर, तुलसीपुरमा उपचार संभव नभएपछि अस्पतालले थप उपचारका लागि उनलाई बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिदियो । जानकीको २२ गते बिहान कोहलपुरमा मृत्यु भयो ।


छोरीको मृत्यु पछि जानकीका ४० बर्षीय बुवा अर्जुन चौधरीले कृष्ण र उनकी आमा बेनुकुमारी चौधरी बिरुद्ध इलाका प्रहरी कार्यालय कोहलपुरमा आत्महत्या दुरुत्साहन सम्बन्धि किटानी जाहेरी दिए ।

अजुर्न बैशाख २३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेरपनि आत्महत्या दुरुत्साहान सम्बन्धी किटानी जाहेरी दिए । यस जाहेरीमा अर्जुनले कृष्ण र उनकी आमा बेनुकुमारी चौधरीका साथै छिमेकी ५० बर्षीया जानकी चौधरीलाई समेत प्रतिबादी बनाएका थिए ।

जिल्ला न्यायाधिशले छिमेकी जानकीको हकमा भने पक्राउ अनुमती नदिएको इप्रका तुलसीपुरका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

अजुर्नले जाहेरी दिएकै दिन प्रहरीले बेनुकुमारीलाई नियन्त्रणमा लिएको थियो । उनलाई पक्राउ परेको मितिदेखि पाँच दिन थुनामा राखेर घटना अनुसन्धान गर्न अदालतले आइतबार म्याद थप गरेको छ । फरार रहेका उनका छोरा कृष्ण बिरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।


नेपालको संविधानले भने २० बर्ष भन्दा कम उमेरको बिहेलाई कानुनी मान्नेता दिएको छैन ।

प्रकाशित मिति : २०८० बैशाख २४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *