२०८३ बैशाख १६ गते बुधवार

नक्कली शरणार्थी प्रकरणमा आफ्नो पनि नाम जोडिएपछि पूर्वगृहमन्त्री खाँणको ध्यानाकर्षण

काठमाडौँ,बैशाख २३ । नक्कली शरणाार्थी ठगी प्रकरणमा आफ्नो पनि नाम जोडेर समाचार आउन थालेपछि पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरणमा पक्राउ परेका उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे खाँण गृहमन्त्री भएका बेला गृहसचिव थिए।

सोही कारण कतिपयले तत्कालीन गृहमन्त्री खाँण पनि यसमा मुछिने दाबी गरिरहेका छन्।

तर पूर्वगृहमन्त्री खाँणले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ।’

उक्त प्रकरणमा केही दिनअघि नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री भएका बेला सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राई र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई प्रहरीले पक्राउ गरिसकेको छ भने टोपबहादुरलाई पनि पक्राउ गर्न प्रहरीले खोजिरहेको छ।

यस्तै तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र इन्द्रजितका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। उनीहरू हाल फरार छन्।

प्रकाशित मिति : २०८० बैशाख २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *