काठमाडौँ ,बैशाख २२ । अरुण तेस्रो जलविद्युत निर्माण समान बोकेको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ।
हेलिकप्टर संखुवासभामा दुर्घटनामा परेको जानकारी आएपनि यसबारे विस्तृत जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
यतिबेला जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली त्यसतर्फ लागेको छ।
प्रकाशित मिति : २०८० बैशाख २२ गते शुक्रवार