२०८२ चैत्र १ गते आइतवार

सन्दीप रायमाझीलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

काठमाडौँ,बैशाख २१ । जिल्ला अदालतले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वमन्त्री तथा एमाले सचिव रायमाझीका छोरा सन्दीप रायमाझीलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले तीन दिनको म्याद पाएको हो।

प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको हो। उनलाई बिहीबार बिहान हवाईजहाजबाट काठमाडौँ ल्याइएको हो।

पूर्वमन्त्री रायमाझीलाई पक्रन पनि प्रहरी परिचालित भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८० बैशाख २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *