२०८२ चैत्र ३ गते मङ्गलवार

१९ बर्षे युवतिलाई बलात्कार अभियोगमा १६ बर्षे किशोर पक्राउ

तुलसीपुर, बैशाख २० । तुलसीपुरमा १९ बर्षीया किशोरीलाई बलात्कार अभियोगमा तुलसीपुरकै १६ बर्षीय एक किशोर पक्राउ परेका छन् ।


तुलसीपुर उपमहानगरपालिका वडा नं.३ घर भइ हाल जिल्लाको बबई गाउँपालिका – ६ स्थित मामा घरमा बस्दै आएका १६ बर्षीय किशोरलाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको छ ।


तुलसीपुर – ६ की एक १९ बर्षीया युवतीले मंगलबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर आँफुलाई ती किशोरले बलात्कार गरेको उजुरी दिएपछि मंगलबार नै प्रहरीले ती किशोरलाई पक्राउ गरेको थियो ।


प्रहरीले ती किशोरलाई तुलसीपुर – ३ स्थित घरबाट पक्राउ गरेको इप्रका तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिएका छन् ।


पीडित युवतीले ती किशोरले आँफुलाई ललाइ फकाइ बैशाख १६ गते बाँकेको नेपालगंज लगेको र सोही दिन राति ९ बजेतिर तुलसीपुर – ३ स्थित आफ्नो खाली घरमा लगेर बलात्कार गरेको जाहेरीमा उल्लेख गरेकी छन ।


पीडितको अवस्था सामानने रहेको तथा उनको स्वास्थ्य परीक्षण गर्न बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।


घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको पनि प्रहरीले बताएको छ । प्रहरीका अनुसार जाहेरी दिने युवति दलित समुदायकी हुन भने पक्राउ परेका किशोर गैर दलित हुन ।

प्रकाशित मिति : २०८० बैशाख २० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *