तुलसीपुर,बैशाख १८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो मतदाताको शिर संधै उचो रहने गरि काम गर्ने बताएका छन् ।
मुख्यमन्त्री भएपछि पहिलो पटक गृहनगर तुलसीपुर आएका मुख्यमन्त्री चौधरीले नेपाली काँग्रेसका संस्थापक नेता बिपीको तुलसीपुरको विपी चोकस्थित शालिकमा मायार्पन पछि सम्क्षिप्त मनतब्य राख्दै त्यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन ।
‘ म तपाँइहरु प्रति आभारी छु र ऋणी छु,’ उनले भनेका थिए ‘ म अहिलै धेरै कुरा गर्दिन र म तपाँइहरुको शिर नझुक्ने गरि बिकास निर्माणका कामहरु गर्ने छु ।’
मुख्यमन्त्री भए पछि पहिलो पटक गृह नगर तुलसीपुर आउँदा उनलाई ठाउँ ठाउँमा काँग्रेसका नेता कार्यकर्ता र सर्वसाधारणले फूल माला र अभिर लगाएर स्वागत गरेका थिए । तुलसीपुर – १३ फूलबारी, तुलसीपुर– ११ उरहरी, तुलसीपुर – १२ र तुलसीपुर – का बिभिन्न ठाउँहरुमा उनको स्वागत गरिएको थियो ।
तुलसीपुर– ६ स्थित उनैले २०४७ सालमा स्थापना गरेको ब्याकवार्ड सोसाइटी एजुकेसन (बेस) को केन्द्रीय कार्यालयले उनको स्वागत सम्मानमा थारु नृत्यसहित स्वागत गरिएको थियो ।
जहाँ उनले पत्रकारसंग सम्क्षिप्त कुरा गर्दै आफ्नो जग नै तल्लो तहका र पछाडि पारिएका समुदाय भएको भन्दै उनीहरुको हकहितमा काम गर्ने बताएका थिए ।
आफ्नो खास तल्लो ग्राउन्ड बेस संस्था रहेको भन्दै उनले अहिले आँफु त्यसैको आधारमा मुख्यमन्त्री बनेको बताएका थिए । उनले भनेका थिए ‘ म मुख्यमन्त्री भएपनि ती तल्लो तहका मानिस कहिलै भूल्ने छैन ।’
त्यसपछि उनी तुलसीपुर–६ डुम्रीगाउँमा आमा सोमती चौधरीलाई भेट्न गएका थिए । आमालाई ढोकेर सामान्ने जनताका लागि काम गर्न सक्ने शक्तिदिन आर्शिबाद मागेका थिए ।
मुख्यमन्त्री चौधरी त्यसपछि तुलसीपुरको बिपी चोकस्थित नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको शालिकमा मार्यालपन गर्न पुगेको थिए ।
दिउँसो साढे १ बजेतिर उनी नेपाली काँग्रेस दाङले घोराहीमा राखेको स्वागत तथा सम्मान कार्यक्रमलाइ सम्बोधन गदै घोराही तर्फ लागेका थिए ।