२०८२ चैत्र १ गते आइतवार

कांग्रेस नेता भण्डारी आज स्वदेश फर्किँदै


काठमाडौं ,बैशाख १७ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने भएका छन् ।

भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आइतबार स्वदेश फर्किन लागेका हुन् ।

नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट भण्डारी स्वदेश फर्किन लागेका उनको सचिवालयले जनाएको छ ।

अहिले उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमै गर्ने छन् ।

सांसद भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत गएका थिए । ग्यास लिक भएर भण्डारी घाइते भएका थिए ।

प्रकाशित मिति : २०८० बैशाख १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *