२०८३ असोज २९ गते बिहिवार

शिक्षक कालो पट्टी बाँधेर कक्षाकोठामा

घोराही, बैशाख १३ । दाङको घोराही क्षेत्रका शिक्षकहरु बुधवार हातमा कालो पट्टी बाँधेर कक्षाकोठामा गएका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा उनीहरुले आन्दोलन स्वरुप त्यसो गरेका हुन ।
घोराही उपमहानगरपालिकाले एक सय एक जना शिक्षकहरुको सरुवा गरेको बिरोधमा शिक्षक आन्दोलित छन् ।

शिक्षक सरुवाको नेपाल शिक्षक महासंघसहित शिक्षकका बिभिन्न १३ वटा संगठनले बिरोध गर्दै आएका छन् ।
जिल्लामा क्रियासील आठ वटा संगठनले सम्युक्त बिज्ञप्ति मार्फत शुक्रवार दिउँसो दुई बजे घोराहीमा बिरोध ¥याली निकाल्ने थालेको जानकारी दिएका छन् ।


घोराही उपमहानगरपालिकाले चैत आठ गते दरबन्दी मिलानका नाममा एक सय एक जना शिक्षकको सरुवा गरेपछि शिक्षकहरु रुष्ट बनेका हुन ।


प्राथमिक तहको दरबन्दी मिलानका नाममा मावि, निमावि र सहयोगी कार्यकर्ताको ज्यादतीपूर्ण सरुवा गरेपछि आन्दोलनको बिकल्प नभएको नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाँगीले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका भित्रपनि शिक्षक मिलानका नाममा उपमहानगरपालिकाले ज्याजती गरेको भन्दै बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरुले बिरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *