२०८२ चैत्र २ गते सोमवार

चितवन–२मा रास्वपाका लामिछानेले कटाए ५० हजार मत

भरतपुर,बैशाख १२ । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिततर्फ उन्मुख भएका छन्। लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन्।

साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन्।

मतगणना दिउँसो १२ बजे सम्ममा सम्पन्न हुने अपेक्षा गरिएको छ। यस क्षेत्रमा ७८ हजार २७७ मत खसेको थियो। सो क्षेत्रमा ४३ स्थलका १३८ केन्द्रमा मतदान गरिएको हो। यस क्षेत्रमा १ लाख २४ हजार ६९५ जना मतदाता रहेका थिए।

जसमध्ये ६३ हजार २९१ महिला, ६१ हजार ४०३ पुरुष र एक जना तेस्रो लिङ्गी छन्।

प्रकाशित मिति : २०८० बैशाख १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *