२०८२ चैत्र ३ गते मङ्गलवार

लुम्बिनीमा – मुख्यमन्त्री गिरीले सोमबार दोस्रो पटक विश्वासको मत लिदै


दाङ, बैशाख ११ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज दोस्रोपटक विश्वासको मत लिन थालेका छन् । त्यसका लागि सोमबार बिहान ११ बजेपछि प्रदेशसभाको बैठक सुरु भइ सकेको छ ।


नेकपा एमालेका नेता गिरी पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । उनले २८ गते सफथ लिएका थिए । यसअघि मुख्यमन्त्री गिरीले माघ ५ मा विश्वासको मत लिएका थिए ।


२८ माघ गिरीले सरकारलाई पुर्णता दिएका थिए । पछिल्लो समय बनेको नयाँ सत्ता समिकरण अनुसार चैत १२ गते राप्रपा बाहेक अन्य दलहरुले गिरीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।

सोही दिन उनीहरुले नेपाली काँग्रेसका सांसद डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन मागसहित ५३ जना सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिएको थियो । जसमा एक स्वतन्त्रसहित ८ दलका ५३ सांसदको समर्थन रहेको छ ।


कानुनी प्रक्रिया अनुसार त्यसको एक महिना पछि गिरीले सोमबार विश्वासको मत लिन लागेको हुन ।


लुम्बिनी प्रदेश सभामा ८७ जना सांसद छन। यहाँ नयाँ सरकार गठनका लागि ४४ सांसदको समर्थन चाहिन्छ। प्रदेशमा सबैभन्दा ठूलो दल एमालेका २९, कांग्रेसका २७, माओवादीका ११, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४ ÷ ४, जनमत पार्टी र जसपाका ३÷ ३, एकीकृत समाजवादीका १ र १ स्वतन्त्र सांसद छन ।

लुम्बिनीका ३ स्वतन्त्र सांसदमध्ये २ जना माओवादीमा प्रवेश गरिसकेका छन। अहिले २९ सांसद रहेको एमाले र ४ सांसद रहेको राप्रपामात्रै सरकारमा छन ।

प्रकाशित मिति : २०८० बैशाख ११ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *