२०८३ बैशाख ३ गते बिहिवार

पश्चिम नवलपरासीको सुनवलमा पाइप गोदाममा आगलागी

परासी,बैशाख १० । पश्चिम नवलपरासीको सुनवलमा आगलागी हुँदा २० लाख बराबरको सामग्री नष्ट भएको छ ।

सुनवल नगरपालिका–४ घैयाबारीमा रहेको सुनवल खानेपानी तथा उपभोक्ता संस्थाको फिल्टर र प्लास्टिकको पाइप राखिएको स्थानमा अचानक आगलागी हुँदा २० लाख बराबरको उपकरण र पाइप नष्ट भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी भोजराज पाण्डेले बताए ।

आयोजना विस्तारका लागि राखिएको प्लास्टिकको पाइपमा आगलागी हुँदा क्षति बढी भएको हो ।

आगलागी भएको करिब १ घण्टामा स्थानीय बासिन्दा, प्रहरी र दमकलको सहयोगमा आगो निभाइएको थियो ।

जंगलको बीचमा रहेको ट्यांकी र पाइप राखिएको स्थानमा जंगलमा लागेको डढेलोको कारण आगलागी भएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०८० बैशाख १० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *