२०८२ चैत्र ३ गते मङ्गलवार

घोराहीमा महिलाको शब गाडेको अवस्थामा फेला, श्रीमान फरार


तुलसीपुर, बैशाख ७ । दाङको घोराहीमा एक जना महिलाको शब गाडेको अवस्थामा पहरीले फेला पारेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १२ रतनपुरमा ४० बर्षीया शारदा केसीको शब बुधबार दिउँसो उनको घर नजिकै गाडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले फरककोणलाई जानकारी दिए ।

शारदाका श्रीमान ४१बर्षीया मेघराज केसी भने फरार छन् । उनले हत्या पछि श्रीमतिको शब गाडेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

आफन्तले बुधार जिल्ला प्रहरी कार्यालय घोराहीमा मेघराज बिरुद्ध किटानी जाहेरी दिएका छन् ।

घटना नयाँ बर्ष बैशाख १ गते मध्य रातिको भएको अनुमान गरिएको छ । जुन दिन बिबाहित छोरी र १५ बर्षीय कान्छो छोरा नयाँ बर्ष मनाउन घोराहीको हेमन्तपुरस्थित मामा घरमा गएका थिए ।

उनीहरुको जेठो छोरा रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा बस्ने गरेको प्रहरीले जानकारी दिएको छ ।

त्यस दिन घरमा रहेकी शारदाकी सासु आमा ७५ बर्षीया बृद्धाले झन्डै दुइ सय मिटर नजिकमा रहेको जेठो छोरोका घरमा रातिमा खाना खान गएको र उतै रात बास बसेको हुँदा घटना बारे आँफुलाई केही जानकारी नभएको कुरा गरेकी प्रहरीले बताएको छ ।

मृतकका छोरा छोरी मामा घरबाट बैशाख ३ गते मात्रै आफ्नो घरमा फर्किएको र घरमा बाबु आमालाई नदेखेको बताएका छन् । दुबैको फोनमा सम्पर्क हुन नसकेको हुँदा दिदी फेरि मामा घर नै फर्किएको भएपनि भाइ भने आफ्नै घरमा बसेको प्रहरी प्रबक्ता डिएसपी गौतमले बताए ।

७५ बर्षीया मृतककी सासु आमा दोस्रो दिन घर फर्किएर आएपनि छोरा बुहारी र नाति नतिना कसैलाई नदेखेको बताएकी छन ।

बुधबार मध्यान्हः १२ बजेतिर गाउँकै एक दलित महिला मृतक शारदासंग केही सरसल्लाह र छलफल गर्न भनेर उनको घरमा पुगेकी रहिछन ।

शारदालाई नभेटेपछि फर्किदै गरेकी ती महिलालाई सासु आमाले कटहर फलेको हुँदा एउटा टिपेर घर लैजाउ भनेपछि ती महिलाले कटहरको रुख नजिक खाड्लमा गाडेको मानिसको खुट्टाको पैतला देखेपछि घटना सार्वजनिक भएको हो ।

ती महिलाले घरमा आएर आँफेले देखेको कुरा परिवारसंग गरेको र पछि टोलका अध्यक्ष हुँदै वडाध्यक्ष मार्फत प्रहरीमा सूचना गरिएको थियो ।

घर नजिकै उत्तर तर्फ मेवाको बोट मुनी दुई फिट जति अग्लो र गहिरो जमिनमा गाडेको अवस्थामा शारदाको शब फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० बैशाख ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *