तुलसीपुर,बैशाख ६ । नेपाल विद्यार्थी संघको ५४ औं स्थापना दिबसको अबसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित बिजौरीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
बुधवार संघको ५४औं स्थापना दिबसको अबसरमा नेबिसंघ केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुण्डी र जनता क्याम्पस इकाई बिजौरीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम भएको हो । त्यस अवसरमा ३० जनाले रक्तदान गरेका छन ।
रक्तदान गर्नेहरुमा डा. अभिषेक ताम्राकार,लक्ष्मी पौडेल,डा.मदन भण्डारी,बिरेन्द्र न्यौपाने,शशिधर भुसाल,ढुण्डिराज पौडेल,नविन वाग्ले,तिलक रिजाल,शिवहरी शर्मा,आसिक प्रसाद महतो,शिवम मिश्र,पारस गिरी,निलकण्ठ उपाध्याय,टिकाराम पौडेल,सलिना पौडेल,मोहन कुमारी नेपाली,डा.केशव न्यौपाने,माधव चापागाँई,डा योगेश वैद्य,श्याम रेग्मी,श्रेया श्रेष्ठ,खुमबहादुर रैदास,बसन्त अधिकारी,डिल्ली केसी लगाएतका रहेका छन ।
नेबिसंघ केन्द्रिय आयुर्वेद बिद्यापिठ बेलझुण्डीका इकाई सभापति बसन्त अधिकारीको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा नेपाली कांग्रेस नेता श्याम कुमार रेग्मी,क्षेत्रीय प्रतिनिधि लक्ष्मी पौडेल, नेपाली कांग्रेस तुलसीपुर-१८ का सचिव बिदुर गौतम लगाएत उद्योगी व्यवसायीहरुको बाक्लो उपस्थिती रहेको थियो ।