नेपालगञ्ज ,बैशाख ४ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई वैशाख २० गते नेपालगञ्जमा नागरिक अभिनन्दन गरिने भएको छ।
वैशाख १८ गते पश्चिम नेपालको भ्रमणका लागि नेपालगञ्ज आउन लागेका पूर्वराजालाई २० गते नागरिक अभिनन्दन गर्न लागिएको हो।
पूर्वराजाका सचिव सागर तिमिल्सिनाको उपस्थितिमा सोमबार नेपालगञ्जमा भएको छलफलमा पूर्वराजाको नागरिक अभिनन्दनलाई भव्य बनाउने निर्णय भएको छ।
राप्रपाका सहमहामन्त्री ऋषिराज देवकोटाका अनुसार रामलिला मैदानमा हुने नागरिक अभिनन्दनमा राष्ट्रिय र धार्मिक झण्डाहरु रहने छन्। कुनै पनि पार्टीको झण्डा नबोक्ने निर्णय भएको छ।
राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभाका सांसद डा। धवलशमशेर राणा, शिव सेनाका किशोर लामालगायतको बैठकले छिट्टै मूल र विभिन्न उपसमितिहरु बनाउने तयारी गरेको छ।
नेपालगञ्जमा बसेर कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणसमेत गर्ने तालिका रहेका पूर्वराजा बागेश्वरी मन्दिरमा हुने महाआरतीमा सहभागी हुने बताइएको छ।