२०७७ माघ ३ गते शनिवार

साँझ ८ बजेपछि मदिरा पसल खोले कारवाही


दाङ, चैत १४ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले अबदेखि साँझ ८ बजेपछि मदिरा पसल खोल्न नपाइने नियम बनाएको छ । वडा अध्यक्ष चित्रबहादुर वलीले एक अपिल सार्वजनिक गर्दै साँझ ८ बजेपछि मदिरा पसल खोल्न नपाइने र त्यसो गरेको पाइएमा कारवाही हुने जानकारी दिएका छन् ।

चैत १२ गते सामुदायिक प्रहरी, स्थानीय व्यापारी तथा विभिन्न सरोकारवाला व्यक्तिसँगको छफलफलपछि साँझको ८ बजेपछि मदिरा पसल खोल्न नपाउने निर्णय भएको अध्यक्ष वलीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । समाजको शान्ति भंग हुने हुँदा अबदेखि ८ बजेपछि मदिरा पसल र अन्य पसलहरु पनि खोल्न नपाइने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ चैत्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *