२०८३ मङ्सिर १० गते बुधवार

भेरीमा बेपत्ता दुई युवाको खोजी जारी


दाङ, मंसिर ९ ।


सुर्खेतस्थित भेरी नदीमा मंगलबार दिउँसो बेपत्ता भएका बाँकेका दुई युवा अझैं फेला पर्न सकेका छैनन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका – ७ का १९ वर्षीय अमिर अली शाह र सोही ठाउँका बुदेश कुमार तमोली मंगलबार दिउँसो भेरी नदीमा बेपत्ता भएका थिए ।

सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुरप्रशाद पोखरेलले उनीहरुले आफ्नो मोवाइल सेल्फिमोडमा राखेर नुहाउन भेरी नदीमा पसेको बताए ।
सुर्खेतस्थित आफन्तको घरमा भेटघाटका लागि गएका उनीहरु सुर्खेतबाट बाँकेस्थित घर तर्फ फर्किने क्रममा बाटोमा भेरी नदीमा पसेका थिए ।
मोवाइल सेल्फिमोडमा राखेर नदीमा नुहान पसेका उनीहरुको अवस्था हालसम्म अज्ञात छ । उनीहरुको खोजी कार्य जारी छ ।


सुर्खेतका प्रबक्ता डिएसपी कबिन्द्र बोहराले उनीहरु वीरेन्द्रनगर नगरपालिका – ११ स्थित भेरी नदी र झुप्राखोलाको दोभान भेरी नदी किनारमा उनीहरु मंगलबार दिउँसो करिब पौने ३ बजेतिर मोवाइल सेल्फिमोडमा राखेर नुहाउन भनेर नदीमा पसेको देखिएको छ ।
उनीहरुले प्रयोग गरेको भे १४ प ५६७० नम्बरको मोटरसाइकल, दुई जोर जुत्ता, कपडाहरुसहितको झोला, एउटा सेल्फिस्टिकमा सेल्फिमोडमा राखेको मोवाइल लगाएतका बस्तुहरु नदी किनारमा फेला परेका थिए ।


यो घटनाबारे वीरेन्द्रनगर नगरपालिका – ७ का स्थानीय बालकृष्ण खरेल र इन्द्रलाल खरेलले २ ः ५५ बजेतिर स्थानीय प्रहरी चौकी सुब्बाकुना सुर्खेतलाई अवगत गराएका थिए ।
त्यसपछि प्रहरी चौकी सुब्बाकुनाबाट प्रहरी सहायक निरीक्षक तिलक कँडेलको कमाण्डको टोली घटनास्थल पुगेको थियो ।
मंगलबार दिउँसोदेखि नै बेपत्ता दुई युवाको खोजी भइ रहेको छ । बुधबारपनि खोजी कार्यका लागि गोताखोर परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०८३ मङ्सिर १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *