२०८२ जेष्ठ ३० गते शुक्रवार

जिल्ला स्तरिय राष्ट्रपती रनिङ शिल्ड सुरु

नितिगत रुपमा खेलकुदको बिकासमा लाग्छौ - मास्की

लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन १२ । दाङ जिल्ला स्तरिय १३ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ आज शुक्रबार देखि सुरु भएको छ ।

दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य सदस्य माननिय धन बहादुर मास्किले उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी मास्किले भौगोलिक भुबनोट र हावापानीका दृष्टिकोणले उत्तम दाङ लाई नितिगत रुपमा खेलकुदको गन्तव्यका रुपमा बिकास गर्न आफू लागि पर्ने बताए ।

खेलकुदको गन्तव्य बन्न खेल पुर्वाधार पहिलो आधार हो यसर्थ हामी प्रदेश स्तरबाट जिल्लाको खेलपुर्वाधार बिकास,खेलगतिबिधि लगाएतका पक्षमा नितिगत रुपमा लागि लागि पर्छौ, जिल्ला लाई खेलकुदमय बनाउने हाम्रो प्रतिवद्ता भयो,उनले भने ।

खेलकुद मावन स्वास्थ्यको अभिन्न अंग भएको बताउदै उनले देशको समृद्धीमा यसको महत्वपुर्ण भुमिका रहने बताए ।

त्यसैले आजै देखि खेल विकासमा जुटौ सिङ्गो जिल्लाबाट प्रदेश हुँदै राष्ट्रिय,अन्तरास्ट्रिय स्तरमा प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन हाम्रो चासो र चिन्तन बन्नुपर्छ,उनले भने ।

कार्यक्रमका विशिष्ट अतिथी लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य सचिव जय प्रकाश भट्टराईले स्थानिय तहले ग्रामिण स्तरबाटै खेल विकासको स्पष्ट खाँका कोर्न सके खेलकुदको बिकासले गति लिने बताए ।

स्थानिय तहमा खेलकुद छ तर औपचारिकतामा मात्र सिमित छ,अब स्थानीय तहमा खेलकुद बिकासको स्पष्ट नीति निर्देशिका बन्नु पर्छ अनि मात्र खेलकुदले अपेक्षाकृत रुपमा फड्को मार्छ उनले भने ।

उनले विकास, अनुशासन र गतिशिलतालाई खेलाडीले उच्च आर्दशका साथ पालना गर्नु पर्ने बताए ।

जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका दाङका उपाध्यक्ष कल्पना चौधरी, बबई गाउँपालिका अध्यक्ष कुल बहादुर खत्री, जिल्ला खेलकुद बिकास समितिका पुर्व अध्यक्ष डिल्ली बहादुर डागी लगाएतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अबसरमा बिशिस्ट अतिथी दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य, रणसिहदल गण घोराहिका प्रमुख रबिन्द्र महर्जन, लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजाल, लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागी, ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख पुष्पराज मल्ल, शसस्त्र प्रहरी बल तुलसिपुरका प्रमुख अशोक अधिकारी,लगाएतको उपस्थिति रहेको थियो ।

जिल्ला सदस्य नोखी रावतको स्वागत रहेको कार्यक्रमको संचालन समितिका कोषाध्यक्ष ध्रुव आचार्यले गरेका थिए ।

तीन दिन सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा रहेका १० पालिका स्तरका रनिङ शिल्डमा प्रथम, दोस्रो स्थान हासिल गरेका सामुदायिक तथा निजि बिधालयका छात्र, छात्रा बिच प्रतिस्पर्धा हुनेछ ।

यसैबिच आज सम्पन्न एथलेटिक्स तर्फका ट्रयाक तर्फ १०० मिटर छात्र जनप्रीय बोर्डिङ स्कुलका सुजल डागी प्रथम,अमृत बिधामन्दिरका अनिश खड्का दोस्रो र नेपाल पुलिस स्कुल घोराहिका अनिश चौधरी तृतिय भए ।

त्यस्तै छात्रा तर्फ गोरक्षरत्न माबी घोराहिका गरिमा चौधरि प्रथम,नेपाल पुलिस स्कुल घोराहिका कबिता गौतम दोस्रो र माबी तुलसिपुर सेन्टरका रितु राना तृरिय भए ।

त्यसैगरी २०० मिटर छात्र दौड तर्फ जनप्रीय बोर्डिङ स्कुलका सुजल डागी प्रथम,गोरखा माबी घोराहिका अजित चौधरी दोस्रो र नेपाल पुलिसका अनिश चौधरी तृतिय भए ।

त्यस्तै छात्रा तर्फ आदर्श माबी देउपुरकी निरमाया चौधरी प्रथम,गोरक्षरत्न माबी घोराहिका गरिमा चौधरि गरिमा चौधरी दोस्रो र गोरखा माबी तुलसिपुरकी धवनी नेपाली तृतिय भए ।

त्यस्तै १५०० मिटर छात्र सृजना बाल्बाटिकाका सन्तोष चौधरी प्रम्थम,ज्ञानसिन्दु घोराहिका सुमन बुढा दोस्रो र जनकल्याण माबी सिमसुन्दरपुरका कमल कठायत तृतिय भए ।

त्यस्तै छात्रा तर्फ गोरखा माबी तुलसीपुरका मोतिकला डागी प्रथम,गोरखा घोराहिका सिमा झाक्री दोस्रो र माबी पदमपुरकी अन्जु वलि तृतिय भए । एण्ड फिल्ड ईभेन्ट्स सटपट छात्र तर्फ जनश्रम माबी खाद्रेका सुनिल खड्का प्रथम,रोजि वर्डस लमहिका भिमेश्वर चौधरी दोस्रो, र नेपाल राष्ट्रिय माबिका नवीन केसि तृतिय भए ।

त्यस्तै छात्रा तर्फ बिपि माबी बयालेका आरती राना प्रथम,सिद्ध पृथ्वी माबी श्रीगाउका माया घर्ती दोस्रो र ग्रेट अरनिको माबी तुलसीपुरका सिन्दु चन्द तृतिय भएको प्रतियोगिता सचिवालय सदस्य टेवल टेनिसका सहायक प्रशिक्षक बालकृष्ण शाहले जानकारी दिए ।

प्रतियोगिता अन्तरगत भोलि शनिवार एथलेटिक्स, भलिबल, कबडी,कराते र तेक्वान्दो खेलहरु हुनेछन् । खेल बिहान साढे सात बजे बाट सुरु हुने आयोजक दाङ जिल्ला खेलकुद बिकास समितीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *