२०८१ बैशाख १३ गते बिहिवार

तुलसीपुरमा कुस्ती प्रतियोगिता सुरु

तुलसीपुर, फागुन १२ । दाङ जिल्लामै पहिलो पटक कुस्ती प्रतियोगिता सुरु भएको छ । युथ्स अफ तुलसीपुरको आयोजनामा सुरु भएको कुस्ती प्रतियोगितामा नेपाल र भारतका गरेर ३९ जना खेलाडीको सहभागिता रहेको छ ।

युथ्स अफ तुलसीपुरका अध्यक्ष ऋषिराज लहरे अरुणको अध्यक्षमा भएको कुस्ती प्रतियोगिताको उद्धघाटन लुम्विनी प्रदेश खेलकुद परिषद सदस्य जयप्रकाश भट्टराईले गरेका थिए ।

प्रतियोगिता कार्यक्रममा उनले गर्दै खेलकुल स्वास्थ्य स्वस्थ र राष्ट्रिका लागि भएको भन्दै यो मनोरञ्जनका लागि समेत भएको बताए ।

‘कुस्ती खेल ऐतीहासीक तथा पुरानो हो यो इतिहासबाट मेटिन लागेकोले यसलाई जोगाउन यो संस्थाले प्रतियोगिता आयोजना गरिएको छ ’उनले भने ।
दाङ कुस्तीका लािग उपयूक्त जिल्ला नभएपनि यहि खेलले गर्दा अन्य खेलका खेलाडीलाई उत्साहि बनाउने भएकाले पनि यो प्रतियोगिता महत्व भएको बताए ।

उनले कुस्तीका लागि लुम्विनीको कपिल बस्तु रुपेन्देही र पश्चिम नवलपरासी महत्व भएको बताए । ‘कुस्ती अखडा निर्माणका लागी हामीले बजेट समेत विनियोजन गरेको छ यसको विकासका लागि उनले भने ।’

त्यस्तै उनले कुस्ती राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा अफिसीयल खेलमा दर्ता भएको अवस्थामा यो प्रदेशबाट कुस्तीमा मेडल समेत प्राप्त गरेको उनले बताए ।

प्रदशे सरकरकारले सम्मान कार्यक्रम अगाडी बढाउने बताए ।

त्यस्तै कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालले प्रतियोगिताले खेलाडीहरुलाई उत्साहि बनाउने भन्दै हराउदै गएको खेललाई जर्गेना गरेको भन्दै आयोजकलाई धन्यवाद दिएका थिए ।

प्रतियोगितामा नेपालबाट ५ जना पुरुष र ४ जना महिला रहेका छन् भने भारतबाट ३० जना पुरुषहरु रहेका छन् । विहिवार देखि सुरु भएको खेल १७ गतेसम्म संचालन हुने बताएको छ ।

उक्त खेलमा भाग लिएका खेलाडीहरुलाई भारतिय रुपैयाँ १५ सय देखि २ हजार सम्म पाउने छन् ।

कुस्ती प्रतियोगिता तुलसीपुरको अरनिको मैदानमा भइरहेको छ । कार्यक्रमको सहजीकरण यथ्स अफ तुलसीपुरका सचिव आकाश भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *