२०८३ बैशाख ६ गते आइतवार

एम्बुलेन्सको ठक्करबाट २ जनाको मृत्यु, २ जना घाइते


दाङ, बैशाख ६ ।

बर्दियामा एम्बुलेन्सको ठक्कर बाट दुई जनाको मृत्यु भएको छ । थप दुई जना गम्भीर घाइते छन् ।
जिल्लाको गुलरिया नगरपालिका – ५ का ५५ बर्षीय भुमिराज लामिछाने र उनका नाति ८ बर्षीय रिहान्स खरेलको मृत्यु भएको छ । रिहान्स भुमिराजका छोरीका छोरा हुन ।
रिहान्सको जिल्ला अस्पताल बर्दियामा र भुमिराजको बाँकेको नेपालगंजस्थित नरसिंह होममा उपचारका क्रममा मृत्यु भएको जिल्लाका निमित्त प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाशसिंंह कार्कीले बताए ।
एम्बुलेन्सको ठक्कर बाट भुमिराजकी श्रीमति ५० बर्षीया सीता लामिछाने र ६५ बर्षीय सुर्य उपाध्याय घाइते छन् ।
उनीहरु दुबै जनाको बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचार जारी रहेको कार्कीले बताए ।
आइतबार बिहान सवा ५ बजेतिर पैदल हिडेर योग गर्नका लागि आयुर्बेद अस्पताल जाने क्रममा सडक पार गर्दै गरेका चार जनालाई तीव्र गतिको एम्बुलेन्सले ठक्कर दिएको थियो । मृतक भुमिराज योग गुरु हुन ।

बाँकेको कोहलपुरबाट बर्दियाको राजापुर तर्फ जाँदै गरेको लुम्बिनी बा– ०–३०५ नम्बरको एम्बुलेन्सले पैदल हिडिरहेका चार जनालाई ठक्कर दिएको थियो ।
एम्बुलेन्स बाँके कोहलपुरको सृजनशिल टोल बिकास संस्थाको हो । एम्बुलेन्समा चालक मात्रै सवार थिए । प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *