२०८३ बैशाख ६ गते आइतवार

तुलसीपुरमा ‘होन्डा’को एक्सचेन्ज अफर


तुलसीपुर, बैशाख ६ ।

तुलसीपुरस्थित होन्डा सो रुमले एक्सचेन्ज अफर सुरु गरेको छ ।
आइतबारदेखि सुरु भएको यो अफर शुक्रबारसम्म जारी रहने छ ।
अम्बिकेश्वरी अटो मार्ट तुलसीपुरले यो अबधिकमा जुनसुकै कम्पनीका मोटरसाइकलहरु एक्सचेन्ज गर्न पाइने अबशर प्रदान गरेको अटो मार्टका संचालक दिपेशराज भण्डारीले बताए ।
भण्डारीका अनुसार रिकन्डिसन हाउसले निर्धारण गरेको मूल्यमा चित्त बुझाउने गाह्रकका लागि अटो मार्टका तर्फबाट थप ६ हजार मूल्य स्वतह थपिदिने सर्त राखिएको छ ।

जारी एक्सचेन्ज अफरमा आउने ग्राहकलाई दुई बर्षसम्म ग्यारेन्टी र ६ बर्ष निशुल्क सर्भिसिङको सुविधापनि प्रदान गरिएको भण्डारीले बताए । त्यस्तै उनले लक्की ड्रपनि राखिएको बताए । त्यसबाट न्यूनतम चार हजारदेखि अधिकतम एक लाखसम्म उपहार पर्न सक्छ ।

होन्डा मोटरसाइकल तथा स्कुटीहरु आधा रकम तिरेपछि किस्तामा पनि किन्न पाउने सुविधा प्रदान गरिएको छ । त्यस्तो किस्ता कम्तिमा पनि दुई बर्षका लागि हुने कम्पनीका भण्डारीले बताए ।
अम्बिकेश्वरी अटो मार्टले बार्षिक साढे ६ सय बढी मोटरसाइकल तथा स्कुटीहरु बिक्री गर्दै आएको भण्डारीले बताए । पछिल्लो समय स्कुटीको माग धेरै बढेको उनले जानकारी दिए ।
यो बर्षमा कुल एक हजार मोटरसाइकल तथा स्कुटी बेच्ने लक्ष्य लिइएको भण्डारीले बताए ।

प्रकाशित मिति : २०८३ बैशाख ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *