२०८२ माघ २८ गते बुधवार

तुलसीपुर – ११ मा वडाध्यक्ष कप फुटवल सुरु

लक्ष्मण बस्नेत, तुलसीपुर , पुस २६ । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा शुक्रबारदेखि वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको प्राङगणको खेल मैदानमा प्रतियोगिता भइ रहेको छ ।

तुलसिपुर – ११ को आयोजनामा संचालित प्रतियोगितामा वडा भित्रका ९ वटा टिमको सहभागिता छ ।


प्रतियोगितमाको बिजेता टिमले टिमले नगद ३५ हजार र उपबिजेता टिमले २५ हजारका साथै ट्रफी मेडल, प्रमाण पत्र प्राप्त गर्ने छ । साथै प्रत्येक म्याचको ‘म्यान अफ द म्याच’ मेडल प्रदान गरिने छ ।


प्रतियोगिताको उद्घाटन खेलमा बेलटाकुरा ‘बी’ लाइ ५ – ० गोल अन्तरले पराजित गर्दै त्रिबेणी युवा क्लव कटाँहाले विजयी सुरुवता गरेको छ ।


दोस्रो खेलमा बेलगनारी डिवाइसी ‘बी’ ले २– ० गोल अन्तरमा उरहरी ‘सी’ लाई पराजित गर्दै बिजयी सुरुवात गरेको छ ।


शनिवार तीन खेलहरु हुने छन । पहिलो खेलमा बिहान साढे सात बजे बेलटाकुरा ‘ए’ र डिवाइसी बेलगनारी ‘ए’ भिड्ने तालिका छ ।


दोस्रो खेल बबई लेजेन्ड र मोतिपुरका विच हुने छ । तेस्रो खेल त्रिबेणी युवा क्लव कटाँहा र उरहरी ठूलो गाँउ विच हुने छ ।

शुक्रबारको उद्घाटन खेल वडा सदस्य तथा प्रतियोगिताको संयोजक यज्ञबहादुर बस्नेतको अध्यक्षता र वडाध्यक्ष मानबहादुर रावतको प्रमुख आतिथ्यता तथा दाङ जिल्ला फुटवल संघका उपाध्यक्ष पवनकुमार योगीको विशिष्ठ आतिथ्यमा भएको हो । बक्ताहरुले खेलको महत्वका बारेमा धारणा राखेका थिए ।


कार्यक्रम वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण वडा सचिव पदमकुमार भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ पुष २६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *