लक्ष्मण बस्नेत ,तुलसीपुर,फागुन ८ । तुलसीपुर नगर स्तरिय अन्तर बिधालय स्तरिय पाचौं रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को उपाधि गोरखा माबी तुलसीपुरले जितेको छ ।
महेन्द्र माबी तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको संयोजनमा संचालित प्रतियोगितामा १४ स्वर्ण, २ रजत र १ कास्य पदक जितेर गोरखा माबी तुलसीपुरले उपाधि जितेको हो ।
त्यस्तै ग्रेट अरनिको माबी तुलसीपुर ६ स्वर्ण,३ रजत र ६ कास्य पदकका साथ दोश्रो हुदा गुरुजजुर नमुना माबी रक्षाचौर ४ स्वर्ण,४ रजत र ६ कास्य पदकका साथ तृतीय भयो । उसले नगद १० हजार हात पार्यो ।
तिन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका ट्रयाक एण्ड फिल्डका १३ ईभेन्ट्स,भलिबल, कबडी, कराते छात्रा/ छात्रमा कडा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा पालिकाका निजि तथा सामुदायीक गरि ३४ बिधालयको सहभागिता रहेको थियो ।
प्रतियोगिताको समापन समारोह आयोजक महेन्द्र माबी तुलसीपुर बिधालय ब्यवस्थापन समितिका अध्यक्ष ऋषि राज लहरे अरुणको अध्यक्षता तथा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमालको प्रमुख आतिथ्यमा भएको थियो ।
सो अबसरमा बिजेता, उपबिजेता खेलाडी लाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।