२०८२ जेष्ठ ३० गते शुक्रवार

दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको उपाधी ज्ञानज्योतीलाई

लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ८ । दाङको तुलसीपुरमा संचालित सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को उपाधी ईनोभेटिभ ज्ञानज्योति क्लब तुलसीपुरले जितेको छ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा भएको प्रतियोगिताको सोमबार सम्पन्न फाइनल खेलमा साबिक बिजेता टरिगाउँ युवा क्लबल तुलसिपुर १२ लाई ट्राईवेकरमा ४-१ गोल अन्तरले पराजित गर्दै ज्ञाज्योतिले उपाधी जितेको हो ।

उपाधी संगै उसले नगद १ लाख ५१ हजार, कप, मेडल तथा प्रमाणपत्र हात पार्‍यो ।

फाईनलमा सम्मानजनक हार ब्यहोरेको टरिगाउ उपबिजेतामा सिमित रहदै नगद ७५ हजार पाँच सय,कप,मेडल तथा प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।

उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलको निर्धारित समय सम्म १-१ गोलको बराबरी भएपछी खेलको नतिजा ट्राईवेकरबाट निकालिएको हो ।

फाईनल खेलको म्यान अफ द म्याच ज्ञानज्योतिका जर्सी न १४ का फागुराम थारु भए ।

यसैबिच प्रतियोगिताको समापन समारोह फाउन्डेसनका अध्यक्ष पोखर सिह डागिको अध्यक्षतामा तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय धन बहादुर मास्कीको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राजकुमार पोख्रेल हमालको विशिष्ट आतिथ्यमा भएको थियो ।

समापन समारोलाई सम्बोधन गर्दै प्रमुख अतिथी मास्किले खेल बिकासको पहिलो आधार भौतिक पुर्वाधार भएको बताए ।

उनले हावापानी र भौगोलिक भुबनोटका दृष्टिकोणले उत्तम दाङ लाई खेल पुर्वाधार सम्पन्न बनाउने जिम्मेवारी आफ्नो काधमा आएकाले आफू यस तर्फ लागि पर्ने बताए ।

प्रतियोगितामा दर्शकको भब्य उपस्थिती हुनु खेलकुद प्रतिको चासो र चिन्तन देखिन्छ मेरा लागि यो एउटा खेल बिकासका लागि दवाब हो भन्ने मैले बुझेको उनले भने, अब स्थानीय स्तरबाटै खेलकुदको बिकास र बिस्तार गर्न हामी लागि पर्छौ यो मेरो प्रतिवद्द्ता हो ।

फाउन्डेसनका संरक्षक मान बहादुर डागिको स्वागत रहेको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथी दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष राज कुमार पोख्रेल हमाल,दङ्गिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरि,त्रीवेणी गाउँ पालिका सल्यानका अध्यक्ष खिम बहादुर रावत लगाएतले बधाई तथा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

सो अबसरमा प्रतियोगिताका बिजेता ज्ञानज्योती, उपबिजेता टरिगाउ युवा क्लब तथा उत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी टरिगाउ युवा का जर्सी न ५ सन्दिप चौधरी,उत्कृष्ट गोलकिप्पर ज्ञान ज्योतिका जर्सी न २२ का प्रतीक सेर्पाइली,र सर्वाधिक गोलकर्ता ज्ञान ज्योतिकै कुबेर सिह लाई जनही ३ हजार ट्रफि र प्रमाणपत्र कार्यक्रमका प्रमुख अतिथी, विशिष्ट अतिथी बाट प्रदान गरिएको थियो ।

कार्यक्रमको संचालन फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *