२०८१ बैशाख १२ गते बुधवार

टरिगाउँ दोश्रो हिरा डाँगी स्मृति कप फुटबलको फाईनलमा

लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ६ ।टरिगाउँ युवा क्लब तुलसीपुर १२ तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ को फाईनलमा प्रवेश गरेको छ ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज शनिवार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एसएसएफए लाई ट्राईवेकरमा दुईका विरुद्ध चार गोलले पराजित गर्दै टरिगाउँ युवा क्लबले फाईनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको शसक्त र शानदार खेलको निर्धारित समय सम्म ३-३ गोलको बराबरी भएपछी खेलको नतिजा ट्राईवेकरबाट निकालिएको हो ।

यसैबिच प्रतियोगिता अन्तरगत भोलि आईतबार हुने अन्तिम सेमिफाइनलमा लखनउको साहारा फुटबल क्लब र ज्ञानज्योती ईनोभेटिभ तुलसिपुर भिड्नेछ । खेल आईतवार दिउँसो ३ बजे हुनेछ ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *