बुटवल,फागुन ५ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि लुम्बिनी प्रदेशले मिति र स्थान तय गरेको छ ।
लुम्बिनी प्रदेश राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजक समितिको बिहीबार बुटवलमा बसेको बैठकले प्रदेश स्तरीय प्रतियोगिता यही फागुनको १९, २० र २१ गते रुपन्देहीमा गर्ने निर्णय गरेको हो ।
उक्त प्रतियोगिताको लागि केन्द्रमा फागुनको २४, २५ र २६ गते मिति तय भइसकेको छ ।
बैठकले यही फागुन १५ गते भित्रै सक्नेगरी जिल्लालाई निर्देशन गरिएको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए ।
त्यस्तै बैठकले आवश्यक कार्यसम्पादनको लागि सदस्य सचिव भट्टराईलाई सबै जिम्मेवारी प्रदान गरेको छ ।
अघिल्लो वर्ष नेशनल च्याम्पियन बनेको लुम्बिनी प्रदेश यो वर्ष अझै बढी तयारीका साथ अगाडि बढिएको सदस्य सचिव भट्टराईले बताए ।
बैठकमा लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख मनोज गैरे, नेपाली सेना, नेपाल प्रहरी, ससस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, खेल संघका प्रतिनिधिहरु तथा मन्त्रालयका कर्मचारीहरु सहभागी थिए ।
सदस्य सचिव भट्टराईका अनुसार यो वर्ष प्रदेशका १२ वटै जिल्ला र अधिकांश पालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुँदैछन् ।
कक्षा १२ सम्म अध्ययन गर्ने र १८ वर्ष मुनिका