२०८१ बैशाख १३ गते बिहिवार

दोश्रो हिरा डाँगी स्मृति कप फुटबल जारी:ज्ञानज्योती सेमिफाइनलमा

लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन ५। दाङ तुलसीपुरको अरनिको सर्वाधिक पुरस्कार राशिको दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ मा ज्ञान ज्योती ईनोभेटिभ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।

हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिता अन्तरगत आज बिहिबार सम्पन्न आफ्नो पहिलो खेलमा युनबिसी घोराही लाई ट्राईवेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै ज्ञानज्योतिले सेमिफाइनल यात्रा तय गरेको हो ।

उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलको निर्धारित समय सम्म १-१ गोलको बरबरी भएपछी खेलको नतिजा ट्राईवेकरबाट निकालिएको थियो ।

स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा भोलि शुक्रबार सल्यान फुटबल क्लब र ईन्डिया लखनउको साहारा फुटबल क्लब भिड्नेछन् । खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्रफि र प्रमाणपत्र हात पार्नेछन ।

त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *