लक्ष्मण बस्नेत,तुलसीपुर,फागुन २ । दाङ तुलसीपुरको अरनिको मैदानमा सोमबार देखि दोश्रो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०७९ सुरु भएको छ ।
हिरा डाँगी फाउण्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन प्रदेश सभा सदस्य माननीय प्रचण्ड बिक्रम न्यौपानेले गरेका हुन ।
उद्घाटन समारोह लाई सम्बोधन गर्दै न्यौपानेले राष्ट्रको सान र गौरव लाई उच्च राख्ने एक मात्र दरिलो माध्यम खेलकुद भएको बताए ।
खेलकुद राष्ट्रको पहिचान हो,विश्वसामु राष्ट्र लाई चिनाउने माध्यम खेलकुदनै हो तर राज्यले खेलकुद क्षेत्रलाई हेर्ने र बुझ्ने दृष्टिकोण फराकिलो हुन सकेको छैन,उनले भने।
अब हामी खेलकुदको बिकासमा जुट्नु पर्ने समय आएकोछ देशका राजनितिक दल सरकार बनाउने र ढलाउनेमा लिप्त हुदा खेलक्षेत्र ओझेलमा परेको उनको धारणा थियो ।
साथै उनले स्थानिय स्तरको खेलकुदको बिकासका लागि आफू लागि पर्ने प्रतिवद्वता समेत ब्यक्त गरे ।
कार्यक्रमका विशिष्ट अतिथी दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धितालले खेलकुद स्वस्थ, अनुशासित नैतिक चरित्रवान नागरिक उत्पादन गर्ने थलो भएको बताए ।
अनुशासनको उच्च पालना गर्दै यसको आदर्शलाई आत्मसात गर्न पनि आग्रह गरे ।
साथै उनले फुटबल बिकासका हरेक गतिविधिमा संघ सहकार्य गर्न सदैव तयार रहेको बताए ।
फाउन्डेसनका अध्यक्ष पोखर सिह डागिको अध्यक्षतामा भएको उद्घाटन समारोहमा फाउन्डेसनका संरक्षक मान बहादुर डागी, युवा परिषद दाङका अध्यक्ष ऋषि राज लहरे अरुण लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
फाउन्डेसनका सचिव केशव चौधरी मिग्माको स्वागत रहेको कार्यक्रमको संचालन फाउन्डेसनका सल्लाहकार लक्ष्मण बस्नेतले गरेका थिए ।
यसैबिच प्रतियोगिता अन्तरगत अज सम्पन्न उद्घाटन खेलमा टरिगाउ युवा क्लब तुलसिपुर १२ टरिगाउले बिजयी सुरुवात गरेको छ ।
बडहरा फुटबल क्लब घोराही लाई सुन्यका विरुद्ध दुई गोलले पराजित गर्दै टरिगाउँले बिजयी सुरुवात गरेको हो ।
उल्लेख्य दर्शकले भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा अनि रोमाञ्चक खेलको १२ औ मिनेटमा टरिगाउँका जर्सी न ९ का ब्रीजेश बिष्टले पहिलो गोल गर्दै टिमलाई एक सुन्यको अग्रता दिलाए भने ७३ औ मिनेटमा जर्सी न १० का सन्जु सेन ठकुरीले थप गोल गर्दै टिम लाई दुई सुन्यको जित दिलाउन सफल भए ।
खेलको म्यान अफ म्याच जर्सी न ११ सुजन राना म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगीता अन्तरगत भोलि मंगलवार एसएसएफ र फोरब्रदर्श नवलपरासी भिड्नेछन् । खेल दिउँसो साढे दुई बजे देखि सुरु हुनेछ ।
स्थानीय स्तरमा फुटबल खेलको पहुँच अभिवृद्धि गर्ने र व्यवसायिक फुटबल खेलको विकासमा थप टेवा पु-याउने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगितामा ८ टिमको सहभागिता रहको छ।
प्रतियोगितामा उपाधि चुम्ने टिमले नगद १ लाख ५१ हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद ७५ हजार ५ सय, कप ,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यस्तै प्रतियोगिता अवधिभर सर्वोत्कृष्ट खेल प्रर्दशन गर्ने व्यक्तिगत बिधा तर्फ सर्वोउत्कृट खेलाडी,उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले जनही ३ हजार ट्र्फि र प्रमाणपत्र हात पार्ने छन ।
त्यस्तै प्रत्येक म्याचको म्यान अफ द म्याच घोषित हुने खेलाडीलाई केही नगद सहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।