२०८१ बैशाख १२ गते बुधवार

खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता, उपाधिका लागि घोराही र लमही भिड्ने

दाङ,माघ २६। खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका र लमही नगरपालिका भिड्ने भएका छन् ।

सेमिफाइनल खेलमा लमही नगरपालिकाले शान्तिनगर गाउँपालिकालाई र घोराही उपमहानगरपालिकाले राजपुर गाउँपालिकालाई हराउँदै उपाधि नजिक पुगेका हुन् ।

 

घोराही १५ सहिद मञ्चमा भईरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा लमहीले शान्तिनगरलाई ३–१ को सेटमा हराउँदा घोराहीले राजपुरलाई ३–० को सोझो सेटमा पराजित गरेको थियोे । लमहीले शान्तिनगरलाई २५–२३, १९–२५, २५–१९ र २५–१३ सेटमा जितेको हो । त्यसैगरी घोराहीले राजपुरलाई २५–१७, २५–२१ र २५–२१ को सोझो सेटमा जितेको हो ।

उपाधिका लागि शुक्रबार दिउँसो २ बजे हुने आयोजक नेपाली कांग्रेस दाङले जनाएको छ । त्यसैगरी तेश्रो स्थानका लागि शान्तिनगर र राजपुर गाउँपालिकाविच फाइनलअघि खेल हुने छ ।

जिल्लाका दश वटै पालिकाको सहभागीता रहेको प्रतियोगितामा यो पटक नयाँ विजेता बन्ने भएको छ । गत संस्करणको उपाधि तुलसीपुर र उपविजेता राप्ती गाउँपालिका प्रतियोगिताबाट बाहिरीसकेका छन् ।

प्रतियोगिताको विजेताले नगद दुई लाख पच्चीस हजारसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । उपविजेताले एक लाख १२ हजार पाँच सय, तेश्रो हुने टिमले ५६ हजार २ सय ५० र चौथो हुने टीमले २८ हजार १ सय ३२ रुपैयाँ पुरस्कार पाउने छन् ।

 

त्यसैगरी विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०७९ माघ २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *