२०७७ कार्तिक ५ गते बुधवार

नेपाल साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा


मोरङ, ६ चैत ।
नेपाल साफ महिला फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरमा जारी प्रतियोगिताअन्तर्गत बुधबार भएको सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । तीनपटकको उपविजेता नेपाली टोलीले यस पटक घरेलु मैदानमा उपाधि उचाल्ने सम्भावना रहेको छ ।

यसअघि दुई पटक सेमिफाइनलबाट अघि जान नसकेको श्रीलंकालाई नेपाली टोलीले यसपटक पनि निराश पारेको छ । नेपालका लागि पुनम जर्घा मगर, अनिता बस्नेत, सावित्री भण्डारी र रेखा पौडेलले गोल गरेका हुन् । घरेलु टोली नेपाल सामु श्रीलंका निरिह देखियो । श्रीलंकाले एक गो पनि फर्काउन सकेन ।

दोस्रो सेमिफाइनलमा चारपटकको विजेता भारत र बंगालदेशले प्रतिस्पर्धा गर्दै छन् । आज बुधबार दिउँसो ३ बजे हुने खेलको विजेतासँग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

 

 

 

प्रकाशित मिति : २०७५ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *