२०८१ बैशाख १० गते सोमवार

रुपन्देहीमा ट्रकमा कार ठोक्किँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

रुपन्देही,माघ २३ । रुपन्देहीमा गएराति रोकिराखेको ट्रकमा कार ठोक्किँदा एक जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

दुर्घटनामा तनहुँको भिमाद नगरपालिका-५ का २१ वर्षीय हरिश तिवारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ का ३९ वर्षीय वासु घिमिरे र त्यही ठाउँका १६ वर्षीय दिपेश घिमिरे घाइते भएका छन । घाइतेको भैरहवामा रहेको युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवलबाट भैरहवाका लागि छुटेको लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको कार अञ्चलपुरको सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किएपछि दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाएका तिवारी बसका सहचालक रहेका प्रहरीले जनाइएको छ ।

 

प्रकाशित मिति : २०७९ माघ २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *