तुलसीपुर, माग २२ । प्रेस चौतारी नेपाल दाङ शाखाले आफ्नो २५औं स्थापना दिवस आइतबार बिभिद कार्यक्रमका साथ मनाएको छ ।
तुलसीपुरस्थित नेकपा एमालेको पार्टी कार्यालयमा रक्तदान र चौतारीको जिल्लास्तरिय महिला भेला गरेको हो ।
चौतारीका जिल्ला अध्यक्ष इन्द्र डिसीको अध्यक्षता र पार्टी केन्द्रीय सदस्य कोमल वलीको प्रमुख आथित्यमा कार्यक्रम भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य वलीले चौतारीमा आवद्ध पत्रकारहरु सत्य र तथ्यमा आधारित समाचार सम्प्रेसन गर्न आग्रह गरेकी थिइन। उनले पार्टीको हक हितमा कलम चलाउन आग्रह गर्दै पार्टीका गलत गतिबिधिमा खबरदारी गर्न आग्रह गरिन ।
कार्यक्रमलाई जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेत, चौतारीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष सबिन प्रियासन, चौतारीका केन्द्रीय सदस्य टीका बस्नेत, जिल्ला इञ्चार्ज गणेश आचार्य, चौतारीकी जिल्ला उपाध्यक्ष सुधासुमन ढकाल लगाएतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । वशन्त आचार्य, संगीत बस्याल, गणेश आचार्य, जगत खनाल लगाएतले रक्तदान गरेका थिए ।
यसैबीच चौतारीको महिला भेलाले दिप्ती शिखा चौधरीको नेतृत्वमा जिल्लास्तरिय विभाग गठन गरेको छ । विभाग ३० सदस्यीय रहेको छ ।
