२०८३ भाद्र १२ गते शुक्रवार

तुलसीपुर बसपार्कको ठेकेदारले भने – बढी कमायो भन्ने कसैलाई लागेको भए ९० प्रतिसत शेर दिन तयार छौं

तुलसीपुर, माघ १७ । तुलसीपुर बसपार्कको बार्षिक साढे दुई करोड बढीमा ठेक्का लिएको ठेकेदार कम्पनीले आँफुहरुले भविश्यका लागि भनेर घाटामै ठेक्का स्वीकार गरेको बताएको छ ।

मंगलबार बुढाथोकी ट्रेड एण्ड सप्लायर्स धनगडी ४ कैलालीका प्रोप्राइटर भिमबहादुर बुढाथोकीले एक प्रेस बिज्ञप्ति मार्फत त्यस्तो कुरा उल्लेख गरेका छन् ।
आँफहरु तुलसीपुर बसपार्कलाई ब्यबस्थित बनाउनु पर्छ भन्ने उदेश्यका साथ भविश्यका लागि घाटामा काम गरिरहँदा पनि प्रोत्साहन गर्नुको साटो केही ब्यक्तिले उल्टै हतोत्साहित गर्ने कार्य गरेको भन्दै बुढाथोकीले त्यस्ता ब्यक्तिलाई सतही रुपमा समाजिक संजालमा प्रस्तुत नहुन आग्रह गरेका छन् ।

आँफुहरुले बार्षिक दुई करोड ५५ लाख तुलसीपुर उपमहानगरपालिकालाई कर तिर्ने गरेको र त्यसबाट लाखौं घाटा बेहोर्नु परिरहेको तथ्य नजरअन्दाज गरि हतोत्साहित गर्ने कार्यमा केही ब्यापारी नै लागेको भन्दै उनले दुःख ब्यक्त गरेका छन् । त्यस्ता ब्यक्ति र ब्यापारीलाई चुनौती दिदै प्रोप्राइटर बुढाथोकीले कोही तयार भए आँफुहरु ९० प्रतिसत शेर दिन तयार रहेको उल्लेख गरेका छन् ।

पछिल्लो समय बसपार्कको पश्चिम तर्फको सडक किनारमा टहराहरु निर्माण गरिएपछि केही युवा ब्यबसायीले आफ्ना सामाजिक संजालहरुमा त्यसको बिरोध गर्दै आएका थिए ।

त्यसको प्रतिकारकारमा २० बर्षको लागि बसपार्क ब्यबस्थापनको जिम्मा लिएका बुढाथोकीले बसपार्क थप ब्यबस्थापन गर्ने कार्य चलिरहेको हुँदा त्यसमा आशंका नगर्न आग्रह गर्दै बुढाथोकीले बिज्ञप्ति जारी गरेका छन् ।

प्रकाशित मिति : २०७९ माघ १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *